तनहुँ । तनहुँ क्षेत्र न–१ मा वैशाख १० गते सम्पन्न हुन गइरहेको उप–निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट साझा उम्मेदवार नेपाली कांग्रेस गोविन्द भट्टराईलाई जिताउन मुल अनुगमन तथा सहजीकरण समिति गठन गरिएको छ ।
निर्वाचन परिचालनका लागि आवश्यक नीति , कार्यक्रम तय गर्न,अनुगमन तथा सहजीकरण गर्न नेपाली काङ्ग्रेसका जिल्ला सभापति जीत प्रकाश आलेको संयोजकत्वमा गठन गरिएको छ । सदस्यहरुमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक मदन आले, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष श्रीराम कार्की र जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष अर्जुन गुरुङ रहेको जिल्ला स्तरीय मुल अनुगमन तथा सहजीकरण सहमति गठन गरिएको हो ।
नेपाली काङ्ग्रेसको पार्टी कार्यालयमा बसेको उक्त बैठकले बाम लोकतान्त्रिक गठबन्धनका दलहरु भित्र आ–आफ्नो दलको बैठक राखी आन्तरिक तयारीका साथ निर्वाचन क्षेत्रीय,गाउँ÷नगर र वडा स्तरीय गठनको बैठक बस्ने निर्णय गरेको जानकारी नेपाली काङ्ग्रेसका तनहुँका सचिव सहदेव अधिकारीले जानकारी दिनुभयो ।