Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

उपनिर्वाचनः उम्मेदवारको विरोधमा आज अपरान्ह ३ बजेसम्म उजुरी दिन सकिने

उपनिर्वाचनः उम्मेदवारको विरोधमा आज अपरान्ह ३ बजेसम्म उजुरी दिन सकिने

इच्छाकामना न्युज

२१, चैत्र २०७९
उपनिर्वाचनः उम्मेदवारको विरोधमा आज अपरान्ह ३ बजेसम्म उजुरी दिन सकिने
images

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारमाथि आज उजुरी दिन सकिने जनाएको छ ।

images
images

आयोगले उम्मेदवारको विरोधमा उजुरी दिने समय आज मंगलबार बिहान १० देखि अपरान्ह ३ बजेसम्म निर्धारण गरेको छ ।

आयोगले मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची गएराति प्रकाशन गरिसकेको छ ।

आयोगका अनुसार चितवन–२ मा २४ जना, तनहुँ–१ मा ९ जना र बारा–२ मा ३६ जना गरी ६९ जनाले मनोनयनपत्र दर्ता गरेका छन् । जसमा ३३ जना दलको तर्फबाट र ३६ जना स्वतन्त्र गरी ६९ जना उम्मेदवार रहेका छन् ।

यसैगरी, मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने समय आजै अपरान्ह ३ बजेदेखि चैत २२ गते बुधबार साँझ ५ बजेसम्म रहेको आयोगले जनाएको छ ।

आयोगका अनुसार उम्मेदवारको नामावली प्रकाशन बुधबार साँझ ५ बजेदेखि ६ बजेसम्म गरिने र बिहीबार बिहान ९ बजेदेखि दिउँसो १ सम्म उम्मेदवारको नाम फिर्ता लिने समय रहेको छ ।

उपनिर्वाचनको लागि बैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र २१, २०७९ मंगलवार - ०७:२७:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology