ताक्लुङ । गोरखाको शहिदलखन गाउँपालिका वडा नं ४ ताक्लुङस्थित आनन्ददेवी युवा क्वललाई सांसद राजेन्द्र बजगाईँले खेलकुद सामाग्री प्रदान गरेका छन् ।
गोरखा क्षेत्र नं १ बाट विजयी प्रनिनिधि सभाका सांसद राजेन्द्र बजगाईले मंगलबार उक्त खेलकुद सामग्री उपलब्ध गराएका हुन् ।
बजगाईको सचिवालयबाट प्राप्त भएको भलिबल र नेट प्राप्त भएको र उक्त सामग्री जयराम थापालाई उपलब्ध गराएको शहिदलखन गाउँपालिका वडा नं ८ का निवर्तमान वडाअध्यक्ष काशीनाथ अम्गाईले बताए ।
नेपाली कांग्रेस, सहिद लखन गाउँ कार्यसमितिका सभापतिसमेत रहेका अम्गाईको समन्वयमा सो सामग्री हस्तान्तरण गरिएको हो ।
यही चैत्र २८ गतेबाट संचालन भएको भलिबल प्रतियोगितामा प्रयोग गर्ने उद्देश्यले उक्त खेलकुद सामग्री प्राप्त भएको हो ।