Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

नर्वेमा कोरोना विरुद्धको खोप लगाएका २३ जनाको ज्यान गयो

नर्वेमा कोरोना विरुद्धको खोप लगाएका २३ जनाको ज्यान गयो

एजेन्सी

४, माघ २०७७
नर्वेमा कोरोना विरुद्धको खोप लगाएका २३ जनाको ज्यान गयो

काठमाण्डौं, ४ माघ । 
नर्वेमा कोरोना भाइरस विरुद्धको फाइजर र बायोन्टेकले संयुक्त रुपमा निर्माण गरेको खोप लगाएका २३ जनाको ज्यान गएको छ । खोप लगाएका १३ जनाको खोप लगाउने बितिकै साइड इफेक्ट देखिएपछि उपचारकै क्रममा ज्यान गएको हो ।

images

अन्य १० जनाको भने खोप लगाएको केही घण्टामा नै ज्यान गएको हो ।ज्यान गुमाउनेमा ८० बर्ष उमेर समूहका रहेका छन् । नर्वेका मेडिसिन एजेन्सीका मुख्य चिकित्सक सिगर्ड हार्टेमोले साधारण ज्वरो आएका व्यक्तिहरुमा खोप लिने बितिकै सामान्य प्रभाव परेको र गम्भीर प्रकृतिका बिरामीलाई भने उक्त खोप घातक सावित भएको बताउनुभयो । घटना लगत्तै नर्वेले कोरोनाको खोपको स्वरुप परिवर्तन गरेको सिगर्डले जानकारी दिनुभयो ।

यता फाइजरले भने घटनाबारे नर्वे मेडेसिन एजेन्सीसंगको समन्वयमा अनुसन्धान भइरहेको जनाएको छ । नर्वेमा ३० हजार भन्दा बढीलाई गत महिना फाइजर र मोर्डनाको पहिलो डोज दिइसकेको छ । नर्वेमा कोरोना संक्रमितको संख्या ५८ हजार ४ सय ४५ रहेका छन् भने ५ सय १७ जनाको ज्यान गइसकेको छ ।

 

images
प्रकाशित मिति :माघ ४, २०७७ आइतवार - ०८:४१:५२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology