पोखरा । ग्रामीण जीवनको अनुभव लिन चाहने पर्यटकका लागि तानतिङ ९तोनी नासा० गुरुङ गाउँ उपयुक्त गन्तव्य हो । पोखराबाट करिव २७ किलोमिटरको दुरीमा अवस्थित सो गुरुङ गाउँ मौलिक गृरुङ संस्कार र संस्कृतिको अवलोकन र अनुभवका लागि निकै चर्चित रहेको छ । आँखा अगाडि देखिने लमजुङ हिमाल र अन्नपूर्ण हिमालले जो कोहिलाई पनि मन्त्रमुग्ध बनाउने गर्दछ त्यसमाथि गुरुङ समुदायको न्यानो आतिथ्य जीवनको एक अविस्मरण क्षणरुपमा सावित बन्ने गर्दछ ।

झण्डै २५० भन्दा बढि परम्परागत घर रहेको सो गाँउमा आन्तरिक र बाह्य पर्यटकहरुका लागि १४ घरमा सामुदायिक होमस्टे पनि संचालन गरिएको छ, स्थानीय रूपमा उत्पादित अर्गानिक खाना, ढिँडो, लोकल कुखुराको मासु, वनबाट टिपिएको निहुरो जस्ता स्वादिष्ट नेपाली खाना खान पाउनु साँच्चै तानतिङ गाँउमा दुर्लभ अनुभव हुनेछ ।

पोखराबाट सार्वजनकि बस, जीप तथा व्यक्तिगत सवारीका साधनहरुबाट सजिलै पुग्न सकिने तानतिङ गाँउ शहरको भिडभाड र व्यस्त जीवनबाट केहि समय विश्राम र रिफ्रेसमेन्टको लागि धेरैको रोजाईमा पर्ने गरेको छ ।

