Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

विश्वभर कोरोनाका कारण सङ्क्रमित भएकामध्ये ६ करोड ७७ हजारभन्दा बढी निको भए

विश्वभर कोरोनाका कारण सङ्क्रमित भएकामध्ये ६ करोड ७७ हजारभन्दा बढी निको भए

एजेन्सी

४, माघ २०७७
विश्वभर कोरोनाका कारण सङ्क्रमित भएकामध्ये ६ करोड ७७ हजारभन्दा बढी निको भए

काठमाण्डौ, ४ माघ ।  
विश्वभर एकैदिन थप ६ लाख ३६ हजारभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । वल्र्ड मिटरको तथ्याङ्क अनुसार विश्वभर गत २४ घन्टामा थप ६ लाख ३६ हजार ३ सय १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या ९ करोड ४९ लाख ४९ हजार ४ सय १४ पुगेको छ । 
यस्तै गत २४ घन्टामा थप १२ हजार ८ सय ६९ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २० लाख ३० हजार ९ सय १४ पुगेको छ । हालसम्म विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित भएकामध्ये ६ करोड ७७ लाख ७३ हजार ३४ जना स्वस्थ भएका छन् भने हाल विश्वभर सक्रिय सङक्रमितको सङ्ख्या २ करोड ५१ लाख ४५ हजार ४ सय ६६ रहेको छ । 
गत २४ घन्टामा थपिएका सङ्क्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी १ लाख ९९ हजार १ सय ८७ जना,  ब्राजीलमा ६२ हजार ४ सय ५२ जना, बेलायतमा ४१ हजार ३ सय ४६ जना, रुसमा २४ हजार ९२ जना, फ्रान्समा २१ हजार ४ सय ६ जना रहेका छन् । 

images

images
प्रकाशित मिति :माघ ४, २०७७ आइतवार - ०९:०१:२३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology