Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

इच्छाकामनामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट चिटिक्कको पदमार्ग निर्माण

इच्छाकामनामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट चिटिक्कको पदमार्ग निर्माण

चित्र बहादुर गुरुङ

४, बैशाख २०८०
इच्छाकामनामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट चिटिक्कको पदमार्ग निर्माण
images

हात्तिवाङ । चितवनको इच्छाकामना गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटबाट चिटिक्क परेको पदमार्ग निर्माण गरेको छ । गाउँपालिकाले उक्त कार्यक्रम मार्फत वडा नं. २ मा रहेको तोवाङ गाउँ देखि जिल्लाकै सबैभन्दा अग्लो चुली सिराईचुली जाने बाटोमा पदमार्ग निर्माण गरेको हो ।

images
images

आर्थिक वर्ष २०७८।०७९ मा प्राप्त प्रधानमन्त्री रोजगार कार्यक्रमबाट प्राप्त बजेट रकमको २१ लाख ३२ हजार ५ सय ९२ रुपैयाँ रकमले पदमार्ग निर्माण गरेको गाउँपालिकाका रोजगार संयोजक आकाश शेरचनले बताए । उनका अनुसार उक्त पदमार्ग निर्माणका लागि ४२ जना कामदारलाई ८८ दिन लागेको थियो । 

प्रधानमन्त्री रोजगार कार्यक्रममा आवेदन दिने हरेक व्यक्तिलाई न्युनतम १०० दिन रोजगारी दिनुपर्ने हुन्छ । सोही बमोजिम बाँकी १२ दिनमा बाँसताला देखि भुलभुले आधारभुत विध्यालयसम्म सिंचाई पाइपलाइन खन्ने पुर्ने काममा लगाईएको संयोजक शेरचनले बताए ।

paidal bato.jpg

यस्तै गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमबाटै पदमार्ग, गोरेटोबाटो निर्माण, सिंचाई तथा खानेपानी लाइनहरु मर्मत गर्ने जस्ता कामहरु गरिरहेको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताए । उनका अनुसार गाउँपालिकाले रोजगार कार्यक्रम मार्पmत अधिकत्तम बजेट व्यवस्थापन गरी बेरोजगार युवाहरुलाई रोजगार उपलब्ध गराउनुका साथै अति आवश्यक र नागरिकलाई लाभदायी हुने कामहरु गरिरहेको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०७८।०७९ मा मात्रै प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत गाउँपालिकाको ५ वटा वडामा १२ वटा योजना मार्फत १२६ जना बेरोजगार युवाहरुलाई न्युनतम १०० दिन रोजगारी उपलब्ध गराएको छ । जसमा ७२ लाख २५ हजार रुपैयाँ रकम खर्च भएको छ । 

shool wall.jpg

यस्तै कार्यक्रमबाट उक्त आर्थिक वर्षमा ज्यान्दाला देखि सिराईचुली पदमार्ग मर्मत सम्भार, तोवाङ सिराई चुली पदमार्ग मर्मत सम्भार, बाँसताला देखि भुलभुले आ विध्यालय सम्म सिंचाई पाइपलाइन खन्ने पुर्ने काम, वल्र्याङ्ग विद्यालय जाने गोरेटो मर्मत सम्भार, माझ टोल गोरेटो बाटो मर्मत, वाङ्गैबुङ्ग डाँडा देखि सिम्खोला बाटो निर्माण, फिस्लिंग देखि पिपलडाँडा हुदै धुषा जाने गोरेटो बाटो मर्मत सम्भार, धुषाबाट विध्यालय जाने  गोरेटो बाटो मर्मत सम्भार, एक्घरे किट्सोरा देखि इच्छाकामना मन्दिर जाने गोरेटो बाटो तथा मर्मत सरसफाई, तोपा पुल देखि साट्ठीमुरे गोरेटो बाटो मर्मत सम्भार, कालीखोला देखि आदामारा गोरेटो बाटो मर्मत सम्भार र राष्ट्रिय आधारभूत विध्यालय पछाडी सुक्खा वाल निर्माण गर्ने काम गरेको छ । 

images
प्रकाशित मिति :बैशाख ४, २०८० सोमवार - ०९:४३:१८ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology