काठमाण्डौं, १९ असोज
नेपालमा पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमितको ज्यान गएको छ। आठ जिल्लाका ५ महिला र १४ पुरुष गरी १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा काठमाडौंमा मात्र ९ जनाको मृत्यु भएको छ । काठमाडौंमा मात्र ६ पुरुष र ३ महिला गरी ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । काठमाडौंमा ७६, ८१ र ८३ वर्षीया महिला, २६, ६५, ६७, ७८, ८१ र ९१ जना पुरुषको मृत्यु भएको छ ।
सुनसरीमा ५५ वर्षीय पुरुष, पर्सामा ६५ वर्षीया महिला, सर्लाहीमा ४२ र ६९ वर्षीय पुरुष, ललितपुरमा ३, ५५ र ७१ वर्षीय पुरुष, चितवनमा ६२ वर्षीय पुरुष, गोरखामा ४५ वर्षीया महिला र नवलपरासी पूर्वमा ३६ वर्षीय पुरुषको मृत्यु भएको छ ।
त्यस्तैगरि पछिल्लो २४ घण्टामा दुई हजार चार सय ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या सङ्ख्या ८९ हजार दुई सय ६३ पुगेको छ । हाल नेपालमा २३ हजार पाँच सय सात जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् भने चार हजार ३३ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएकोछ ।