Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु

उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु

इच्छाकामना न्युज

७, बैशाख २०८०
उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु
images

काठमाडौं। उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु हुने भएको छ। निर्वाचन आयोगका अनुसार आज राति १२ बजेबाट मौन अवधि सुरु हुने र मौन अवधिमा प्रचारप्रसार गर्न पाइने छैन।

images
images

उपनिर्वाचनको प्रचारप्रसार वैशाख ७ गते राति १२ बजेसम्म मात्रै गर्न पाइन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। त्यसपछिको अवधिमा प्रचार गर्न नपाइने र प्रचारप्रसार गरेको पाइए कारबाही हुने उनले बताए।

चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न पाइँदैन। आउँदो वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ।

images
प्रकाशित मिति :बैशाख ७, २०८० बिहिवार - ०८:१५:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology