Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

२४ घण्टामा ३ सय २२ जनामा कोरोना भाइरसको सङ्क्रमण 

२४ घण्टामा ३ सय २२ जनामा कोरोना भाइरसको सङ्क्रमण 

२४ घण्टामा ३ सय २२ जनामा कोरोना भाइरसको सङ्क्रमण 
images

काठमाण्डौ, ५ माघ । बितेको २४ घण्टामा नेपालमा थप ३ सय २२ जनामा नोबेल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ३ सय ७४ जना सङ्क्रमणमुक्त भएको पनि जानकारी दिएको छ । 
मन्त्रालयका अनुसार हालसम्म दुई लाख ६१ हजार ८ सय १८ जना सङ्क्रमणमुक्त भएका छन् । हाल तीनहजार ८ सय ६१ जनामा कोरोना सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या दुई लाख ६७ हजार ६ सय ४४ रहेको छ । 
बितेको चौबीस घण्टामा छ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृत्यु हुनेको हालसम्मको सङ्ख्या एक हजार ९ सय ६५ पुगेको छ । ३ हजार ८ सय ६१ जना आइसोलेशनमा र २ सय २१ जना हाल क्वारेन्टाइनमा छन् । 

images
images

images
प्रकाशित मिति :माघ ५, २०७७ सोमवार - १८:१७:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology