Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

गीतकार नवराज न्यौपानेको नयाँ गीत ‘जाली परदेशी’ सार्वजनिक

गीतकार नवराज न्यौपानेको नयाँ गीत ‘जाली परदेशी’ सार्वजनिक

इच्छाकामना न्युज

१७, बैशाख २०८०
गीतकार नवराज न्यौपानेको नयाँ गीत ‘जाली परदेशी’ सार्वजनिक

काठमाडौं, । गीतकार नवराज न्यौपानेको नयाँ गीत ‘जाली परदेशी’ श्रोता/दर्शकमाझ आएको छ । आलिफ खान र रचना रिमालको स्वर, राजेन्द्र बजगाईंको सङ्गीत एवम् सङ्गीत संयोजन, मनोज परियारको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

images

केशवराज भट्टको निर्देशन/कोरियोग्राफी रहेको गीतको भिडियोमा नवराज न्यौपाने, गरिमा शर्मा र उषा उप्रेतीलाई फिचरिङ गरिएको छ । यस्तै भिडियोमा बाल कलाकारमा निवसोन र रिवसोन न्यौपानेको अभिनय छ । लोकलयको सार्वजनिक गीतमा परदेश रहेको प्रेमी र स्वदेशमा रहेकी प्रेमीको कथा बुनिएको छ ।

निशा न्यौपानेले निर्माण गर्नुभएको भिडियोमा मानकृष्ण महर्जनको छायांकन र वन्दे प्रसादको सम्पादन रहेको छ । गीतको भिडियोमा ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।

images
प्रकाशित मिति :बैशाख १७, २०८० आइतवार - १९:११:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology