Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

मनकामना मन्दिरमा दर्शनका लागि आएका भक्तजन माथि नै हातपात

मनकामना मन्दिरमा दर्शनका लागि आएका भक्तजन माथि नै हातपात

इच्छाकामना न्युज

२५, बैशाख २०८०
मनकामना मन्दिरमा दर्शनका लागि आएका भक्तजन माथि नै हातपात
images

मनकामना । मनकामना मन्दिर दर्शनका लागी आएका भक्तजनमाथि हातपात भएको छ ।

images
images

भारतको कर्नाटकबाट आएका भक्तजनलाई मन्दिरका कर्मचारीले हातपात गरेका हुन् । केही भक्तजन सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

‘एकपटक मन्दिर दर्शन गरेर बाहिर निस्केपछि उहाहरु फेरी मन्दिर पस्न खोज्नुभएछ,’ मनकामना प्रहरी चौकीका इन्चार्ज जीवनाथ सुवेदीले भने, ‘कर्मचारीले रोक्न खोज्दा विवाद भएर सामान्य हातपात भएछ।’ घटना लगतै पीडित पक्षले प्रहरी चौकीमा उजुरी दिएका थिए । दुवै पक्षलाई बोलाएर सहमति गरेर पठाइएको सुवेदीले जानकारी दिए ।

भक्तजनमाथि अभद्र व्यवहार हुनु दुखद भएको मनकामना क्षेत्र बिकास समिति अध्यक्ष रामकुमार जोशीले बताए । यसअघि पनि पटक पटक यस्ता घटना हुने गरेको उनले जानकारी दिए ।

‘खासगरी पुजारी इन्सान थापाका छोरा निशानको बिषयमा बढी कम्प्लेन आउने गरेको छ, उहाँको बुवालाई राखेर पनि हामीले धेरै पटक सम्झाइसकेका छौ, तरपनि लफडा भइरहन्छ,’ उनले भने।

images
प्रकाशित मिति :बैशाख २५, २०८० सोमवार - २१:३३:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology