Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख ६७ हजार विद्यार्थी सहभागी हुँदै

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख ६७ हजार विद्यार्थी सहभागी हुँदै

रासस

२६, बैशाख २०८०
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख ६७ हजार विद्यार्थी सहभागी हुँदै
images

भक्तपुर । कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै छ । कक्षा १२ को यस वर्षको वार्षिक परीक्षामा देशभरबाट कुल चार लाख ६७ हजार ३८९ विद्यार्थीले परीक्षा दिन लागेका बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । परीक्षाका लागि देशभर एक हजार ४५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । उनले परीक्षाका लागि केन्द्राध्यक्ष, सह–केन्द्राध्यक्ष, निरीक्षक र सहायक नियुक्त गरी परीक्षाका लागि परिचालन गरिएको जानकारी दिए ।

images
images

“परीक्षाका लागि आवश्यक सामग्री जिल्ला जिल्लामा पुर्याइएको छ”, शर्माले भने । यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने भएका छन् । उनीहरूले जति विषयमा कम नम्बर आएको थियो सोही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ ।

तीन वा सोभन्दा बढी विषयमा ‘नन ग्रेडेड’ ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने भन्दै छ विषयकै परीक्षा फारम भरिए पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेसँगै अब नन ग्रेडेड ल्याएका विषयको मात्रै परीक्षा दिए पुग्ने भएको छ ।

बोर्डले लागु गरेको लेटर ग्रेडिङ प्रणालीअनुसार दुईभन्दा बढी विषयमा नन ग्रेडेड ल्याएका विद्यार्थीले पूरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो । यसो गर्दा गत वर्ष भएको ग्रेड वृद्धि परीक्षामा विद्यार्थीको सहभागिता घटेर ड्रप आउट हुने सम्भावना भएपछि मन्त्रालयले निर्देशिका संशोधन गरेको थियो । 

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले देशभर शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न गर्न सबैमा आग्रह गरेका छन् ।

images
प्रकाशित मिति :बैशाख २६, २०८० मंगलवार - ०८:१०:०९ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology