काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समितिको पूर्ण बैठक आज पनि बस्दै छ । काठमाडौंको धूम्रबराहीमा सोमबारदेखि सुरु भएको आज बिहान बिहान ८ बजे पुनः बस्ने भएको हो ।
सोमबारको बैठकमा प्रस्तुत गरिएका प्रतिवेदनमा छलफलको क्रम जारी रहेको छ । सोमवारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेन ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनलगायतमा आजबाट छलफल सुरु हुनेछ ।
यसैगरी, आजको बैठकमा अध्यक्ष लिङदेनले पेश गरेको राजनीतकि प्रतिवेदनसहित महामन्त्रीले पेश गरेको सांगाठानिक र कोषाध्यक्षले पेश गरेको आर्थिक प्रतिवेदनमाथी केन्द्रिय सदस्यहरुले धारणा राख्ने कार्यक्रम रहेको छ ।
‘प्रचण्ड नेतृत्वको सरकार भ्यागुताको धार्नी नपुगे जस्तै हुने मार्गमा छ । सरकार निर्माण र विघटनमा बाह्य प्रभावका प्रसङ्ग चले जस्तै बाह्य दबाबबाट मात्र भ्रष्टाचारको छानबिन हुन थालेको प्रसङ्ग चल्नु राष्ट्रिय लज्जाको विषय हो,’ अध्यक्ष लिङदेनले भनेका छन, ‘सानालाई ऐन, ठूलालाई चैन भन्ने अवस्था वर्तमान शासनको विशेषता बनेको छ, यो यथार्थ अवस्था दण्डहीनताको श्रृखलाहरूले आफैं प्रमाणित गरेको छ ।’
उनले अगाडी भनेका छन, ‘धेरै पर जानै पर्दैन, वाइड बडीदेखि ललिता निवास जग्गा काण्ड, एनसेलदेखि क्यान्टोनमेन्ट घोटाला ध्यानमा लिने हो भने सत्यतथ्य सबै छर्लङ्ग हुन्छ ।’
उनले भ्रष्टचारको बिरुद्धमा निमर्म भएर उभिन पनि पार्टी पंक्तिलाई आग्रह गरेका छन । मुख्य दलका अराजनीतिक गतिबिधि र भ्रष्ट प्रवृतिका कारण संबैधानिक राजतन्त्रको औचित्य अझै बढन गएको उल्लेख गर्दै त्यसको पक्षमा माहौल सिर्जना गर्नका लागि उपयुक्त अवस्था सिर्जना भएको पनि लिङदेनले जनाएका छन् ।
अध्यक्षको रानजनीतिक, महामन्त्रीको सांगठानिक र कोषाध्यक्षको आर्थिक प्रतिवेदनमाथी मंगलवारवाट छलफल हुने प्रवक्ता सगुन लावतीले जानकारी दिए ।