Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

लडाकु शिविरमा भ्रष्टाचार प्रमाणित भए जेल जान तयार छु: प्रधानमन्त्री प्रचण्ड

लडाकु शिविरमा भ्रष्टाचार प्रमाणित भए जेल जान तयार छु: प्रधानमन्त्री प्रचण्ड

लडाकु शिविरमा भ्रष्टाचार प्रमाणित भए जेल जान तयार छु: प्रधानमन्त्री प्रचण्ड
images

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी लडाकु शिविरमा भ्रष्टाचार भएको प्रमाणित भएमा जेल जान तयार रहेको बताएका छन्।

images
images

प्रतिनिधि सभाको बिहीबारको बैठकमा राप्रपा सांसद ज्ञानेन्द्र शाहीले लडाकु शिविरमा भ्रष्टाचार भएको प्रसंग उठाउँदै छानबिनका लागि प्रधानमन्त्री तयार हो? भन्ने प्रश्न गरेका थिए।

सांसद शाहीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले लडाकु शिविरमा भ्रष्टाचार भएको प्रमाणित भएमा आफू जेल जान तयार रहेको बताएका हुन्।

‘कसैले दिएको उजुरीकै आधारमा छानबिन गरेर दोषी ठहरिए म आफैँ जेल जान तयार रहेको कुरा पनि यहाँहरूलाई जानकारी गराउन चाहन्छु,’ प्रधानमन्त्री दाहालले भने, ‘सबै चिज छानबिन गर्न सकिन्छ। लडाकु शिविरको कुरा कपोलकल्पित र पूर्वाग्रही छ।’

लडाकु शिविरका कुरा राजनीतिक आग्रह र पूर्वाग्रहका साथ बेलाबेला उठ्ने गरेको प्रधानमन्त्री दाहालले बताए। गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र रामशरण महत अर्थमन्त्री हुँदा रूजु गरेर यो विषय टुंग्याइएको उनको भनाइ छ।

उनले लडाकुलाई पैसा दिँदा व्यापक भ्रष्टाचार भयो भनेर आरोपका लागि आरोप लगाउने काम मात्रै भइरहेको पनि बताए।

यसअघि सांसद शाहीले प्रहरीले ४ महिनादेखि तलब नपाएको, पूर्व लडाकुको को हुन् रेकर्डसमेत नभएकोजस्ता विषय उठान गर्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए। ‘लडाकु शिविरमा व्यापक भ्रष्टाचार भयो भन्ने छ। विशेष समिति बनाएर छानबिन गर्न तपाईं तयार हो?’ उनले सोधेका थिए।

images
प्रकाशित मिति :जेठ ४, २०८० बिहिवार - १४:४३:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology