Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मनकामना बजारलाई थप व्यवस्थित बनाउन शहिद लखन गाउँपालिकाले बनायो ‘व्यवसाय संचालन सम्बन्धी मापदण्ड’

मनकामना बजारलाई थप व्यवस्थित बनाउन शहिद लखन गाउँपालिकाले बनायो ‘व्यवसाय संचालन सम्बन्धी मापदण्ड’

इच्छाकामना न्युज

१२, जेठ २०८०
मनकामना बजारलाई थप व्यवस्थित बनाउन शहिद लखन गाउँपालिकाले बनायो ‘व्यवसाय संचालन सम्बन्धी मापदण्ड’

मनकामना । मनकामना बजारमा संचालित व्यवसायलाई थप व्यवस्थित र मर्यादित बनाइने भएको छ । अनुगमन र नियमनमा कडाई गर्न शहिदलखन गाउँपालिकाले ‘व्यवसाय संचालन सम्बन्धी मापदण्ड–२०८०’ तयार गरेको छ ।

images

उक्त मापदण्डमा सो क्षेत्रमा संचालित बिभिन्न व्यवसायलाई समेटिएको छ । मन्दिरका लागि पूजा सामग्री बेचबिखनमा कडाइ गरिने भएको छ । सडक मापदण्ड पालना गरेर मात्र पूजा सामाग्री पसल संचालन गर्न पाइने छ । प्लाष्टिकजन्य सामग्रीको प्रयोगमा समेत कडाई गरिएको गाउँपालिकाका अध्यक्ष रमेश थापाले बताए । ‘पूजा सामग्रीको व्यवस्थापनका लागि स्थानीय स्तरमा पाइने दुना टपरीको प्रयोग गर्नुपर्ने कार्यविधिमा राखेका छौँ,’ उनले भने, ‘प्लाष्टिकजन्य सामग्रीहरुको प्रयोगलाई निरुत्साहित गर्न खोजेका हौँ ।’ प्लाष्टिकका बोत्तलभन्दा तामाका भाडामा पानीको प्रयोग गर्न भनिएको उनले जानकारी दिए ।

उनका अनुसार अबीर केशरीहरु दुनामा राख्नुपर्ने छ । प्लाष्टिकजन्य पूmलमालाहरु बेच्न पाइने छैन । प्लाष्टिकमा प्याकिङ गरेर आएको चरौँती मिठाइको बिक्री वितरण समेत गर्न नपाइने थापाले बताए । बाहिरबाट आयातित सिन्के धुपभन्दा स्थानीय स्तरमा बाटेको बटुवा धुपलाई प्राथमिकता दिन पालिकाले आग्रह गरेको छ ।

मापदण्ड अनुसार फोटोका लागि भक्तजनलाई जबरजस्ती गर्न पाइने छैन । व्यवसाय स्थलभन्दा बाहिर गएर बिज्ञापन गर्न नपाइने र फोटो तथा फ्रेमका साइज अनुसार मूल्यसूची अनिवार्य टाँस गर्नुपर्ने छ । नियमनका लागि मनकामना क्षेत्र अनुगमन समिति समेत गठन गरिने बताइएको छ ।

पालिकाभित्र संचालित सबै व्यवसायलाई समेटेर मापदण्ड तयार गरिएको पालिकाले जनाएको छ । १८ बर्ष नपुगेका ग्राहकलाई धुम्रपान तथा मदिराजन्य पदार्थ बिक्रीमा रोक समेत लगाइएको छ । दर्ता गरेर मात्र व्यवसाय संचालन गर्नुपर्ने बताइएको छ ।
व्यवसायको सरक्षाका लागि सिसिटिभी जडान गर्नुपर्ने र व्यवसाय स्थल परिसरभित्र आगमन र प्रस्थान हुने कम्तिमा एकसय मिटर आसपास क्षेत्रमा बत्तीको व्यवस्था मिलाउन पनि पालिकाले भनेको छ । मापदण्ड पालना गरे नगरेको अनुगमन गर्नका लागि पालिकाका उपाध्यक्ष संयोजक रहेको पालिका स्तरीय अनुगमन समिति समेत गठन गरिने बताइएको छ ।

मापदण्ड उल्लघंन गर्ने व्यवसायीलाई पहिलो पटक पाँच हजार, दोस्रो पटक दश हजार, तेस्रो पटक १५ हजार र चौथो पटक २० हजार वा एक हप्ताका लागि व्यवसाय संचालनमा रोक वा दुवै कारवाही हुने पालिकाले जनाएको छ । कारवाही स्वरुप उठेको रकमको १५ प्रतिशत सम्बन्धित प्रहरी चौकीलाई प्रदान गरिने छ भने बाँकी रकम सम्बन्धित स्थानमा सडक बत्ति, सिसिटिभी लगायतका संरचनामा खर्च गरिने बताइएको छ । जारी गरिएको मापदण्डलाई कडाइका साथ लागू गरिने पालिका अध्यक्ष थापाले बताए ।

images
प्रकाशित मिति :जेठ १२, २०८० शुक्रवार - २२:५८:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology