Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

टिकापुर घटनामा जन्मकैद सजाय पाएका रेशम चौधरी कारागारमुक्त

टिकापुर घटनामा जन्मकैद सजाय पाएका रेशम चौधरी कारागारमुक्त

इच्छाकामना न्युज

१५, जेठ २०८०
टिकापुर घटनामा जन्मकैद सजाय पाएका रेशम चौधरी कारागारमुक्त
images

काठमाडौँ । टीकापुर घटनाका योजनाकार मानिएका रेशम चौधरी कारागारमुक्त भएका छन् । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि चौधरी आज कारागार मुक्त भएका हुन् ।

images
images

नागरिक उन्मुक्ति पार्टीका संस्थापकसमेत रहेका चौधरी टीकापुर नरसंहारमादोषी ठहर गर्दै उच्च अदालतले जन्मकैद सुनाए पछि ६ वर्षदेखि डिल्लीबजार कारागारमा रहेका थिए । मन्त्रिपरिषद्ले आइतबार रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो ।

उनी सहित १९ जनाले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ बमोजिम गणतन्त्र दिवसको उपलक्ष्यमा माफी पाएका छन् ।

विसं २०७२ मा सुदूरपश्चिममा थरुहट र अखण्ड सुदूरपश्चिमको आन्दोलन क्रममा भदौ ७ मा टीकापुरमा भएको हिंसात्मक घटनामा तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको मृत्यु भएको थियो । सो घटनाको योजनाकारका रुपमा रेशम चौधरीलाई अदालतबाट जन्मकैदको सजाय भएको थियो ।

घटनाको योजनाकारको आरोप लागेपछि उनी भूमिगत भएका थिए । २०७४ मंसिरमा भएको चुनावमा उनी कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मतले विजयी भएका थिए । उनले विसं २०७४ फागुन १५ मा कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए ।

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिले आममाफी दिए पछि उनी १४ वर्ष अघि नै जेलमुक्त भएका हुन् ।

images
प्रकाशित मिति :जेठ १५, २०८० सोमवार - ०९:२१:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology