काठमाडौं । टीकापुर घटनामा जन्मकैदको सजाय तोकिएका रेशम चौधरी कारागारबाट रिहा भएका छन् । गणतन्त्र दिवसको अवसरमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट आम माफी पाएपछि उनी आज बिहान कारागारबाट रिहा भएका हुन् ।
उनलाई लिन नागरिक उन्मुक्ति पार्टी अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता चौधरी पुगेकी थिइन् । रञ्जिता उनकी पत्नी पनि हुन् । रिहा भएलगत्तै सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै रेशम चौधरीले टीकापुर घटनाको विस्तृत छानबिन हुनुपर्ने बताएका छन्।
नागरिक उन्मुक्ति पार्टीले रिहा भएका रेशम चौधरीलाई सिधै घर लैजाने जानकारी दिएको छ ।