कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकामा ४० प्रतिशत भन्दा बढि बालिकाको विवाह १७ वर्ष नपुग्दै हुने गरेको पाईएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशन गरेको २०७८ सालको जनसंख्या अनुसारको वैवाहिक अवस्थाको तथ्याङ्कमा यस्तो देखिएको हो ।
तथ्याङ्ककमा देखाईए अनुसार १४ वर्षको उमेर नपुग्दै विवाह गर्ने बालिकाहरुमा ९.३ प्रतिशत र १७ वर्ष नपुग्दै विवाह गर्ने बालिकामा ३०.८ प्रतिशत देखिएको छ । यी दुवै तथ्याङ्कलाई जोड्दा इच्छाकामनामा ४०.१ प्रतिशत बालिकाको विवाह १७ वर्ष नपुग्दै हुने गरेको पाईएको छ ।

यस्तै सोही उमेर समूह अन्तर्गत इच्छाकामनाका १६.५ प्रतिशत बालकको विवाह १७ वर्ष नपुग्दै हुने गरेको छ ।
यसैगरी १८ देखि २० वर्षको उमेरमा विवाह गर्ने महिलाको संख्या ३४.४ प्रतिशत छ भने पुरुषको संख्या ३२.७ प्रतिशत रहेको छ ।