Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

इच्छाकामना र आँबुखैरेनी गाउँपालिकाको योजनालाई केन्द्रीय बजेटले सम्बोन्धन गरेन, अध्यक्षद्वय गुरुङ र चुमान असन्तुष्ट

इच्छाकामना र आँबुखैरेनी गाउँपालिकाको योजनालाई केन्द्रीय बजेटले सम्बोन्धन गरेन, अध्यक्षद्वय गुरुङ र चुमान असन्तुष्ट

इच्छाकामना र आँबुखैरेनी गाउँपालिकाको योजनालाई केन्द्रीय बजेटले सम्बोन्धन गरेन, अध्यक्षद्वय गुरुङ र चुमान असन्तुष्ट
images

कुरिनटार । केन्द्र सरकारले सोमबार प्रस्तुत गरेको बजेटले चितवनको एकमात्र गाउँपालिका इच्छाकामना र तनहुँको आँबुखैरेनी गाउँपालिकाको योजनालाई सम्बोधन गर्न सकेन । आगामी वर्ष २०८०।८१ का लागि प्रस्तुत बजेटमा गाउँपालिकाले प्रस्ताव गरेको कुनैपनि योजनालाई सम्बोन्धन नगरिदिएपछि ती पालिकाका अध्यक्षहरुले असन्तुष्टि प्रकट गरेका छन् । 

images
images

केन्द्र सरकारको बजेटको सन्दर्भमा संक्षिप्त प्रतिक्रिया दिदै इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले आफुहरुले केही ठुला योजनाहरुको लागि प्रस्ताव पेश गरिएकोमा केन्द्र सरकारले बजेटमा सम्बोन्धन गर्न नसकेको बताए ।

यता आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले केन्द्र सरकारले नियमित बजेट बाहेक दीर्घकालिन फाइदा पुग्ने आफुहरुको अन्य योजनालाई समेट्न नसकेको भन्दै बजेट प्रति असन्तुष्टि पोखे । उनले आँबुखैरेनी गाउँपालिकामा १०० बेडको ट्रमा सेन्टर स्थापना गर्न तथा पर्यटन सम्बन्धि अन्य आन्तरिक आम्दानी बढाउने योजनाको प्रस्ताव पेश गरेकोमा कुनै पनि योजनालाई सम्बोन्धन नभएको बताए । 

उनले आज बिहान समाजिक सञ्जालमा समेत स्टाटस लेख्दै  ‘तनहुँ जिल्ला अनि ऑबुखैरेनी गाउँपालिका छ भन्ने कुरा संघीय बजेटले बिर्सियो कि । नया पुराना सबै माननीय र सम्मानीयलाई बधाई ।’भनेका छन् भने आफ्नै खुट्टामा उभिन सिकौला भनेका छन् ।

चितवनको इच्छाकामना गाउँपालिकाबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने र तनहुँको आँबुखैरेनी गाउँपालिकाबाट पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीबाटै स्वर्णीम वाग्लेले संघीय सांसदको रुपमा प्रतिनिधित्व गर्छन् भने आँबुखैरेनी राष्ट्रपति रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र समेत हो । 

images
प्रकाशित मिति :जेठ १६, २०८० मंगलवार - १४:३२:०१ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology