Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

२० पटक चक्कु प्रहार, त्यसपछि ढुङ्गाले हानेर प्रेमीले गरिदिए १६ वर्षीया प्रेमिकाको हत्या, सिसिटिभीमा कैद

२० पटक चक्कु प्रहार, त्यसपछि ढुङ्गाले हानेर प्रेमीले गरिदिए १६ वर्षीया प्रेमिकाको हत्या, सिसिटिभीमा कैद

एजेन्सी

१६, जेठ २०८०
२० पटक चक्कु प्रहार, त्यसपछि ढुङ्गाले हानेर प्रेमीले गरिदिए १६ वर्षीया प्रेमिकाको हत्या, सिसिटिभीमा कैद
images

नयाँ दिल्लीमा किशोरीको हत्याको घटना सिसिटिभी फुटेजमा कैद भएको छ । राजधानीको शाहबाद डेयरी इलाकामा साहिल नामका व्यक्तिले १६ वर्षीया साक्षीको चक्कु र ढुङ्गा प्रहार गरी हत्या गरेका छन् । सिसिटिभी फुटेजमा देखिए अनुसार एउटा गल्लीमा भनाभनपछि साहिलले किशोरीलाई रोक्छन् र उनीमाथि अन्धाधुन्ध चक्कु हमला गर्छन् ।

images
images

एक प्रत्यक्षदर्शीले प्रहरी अधिकारीलाई हमलाको जानकारी दिँदै तुरुन्त घटनास्थलमा आउन आग्रह गरे । अनुसन्धानपछि प्रहरीले घटनाबारे थप जानकारी पाएको छ । किशोरी हिँडिरहेका बेला अचानक साहिलले उनलाई रोकेको र चक्कुले अन्धाधुन्ध प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । यति गर्दासमेत चित्त नबुझेका उनले किशोरीलाई ढुङ्गाले समेत हमला गरे ।

संक्षिप्त पोस्टमार्टमको रिपोर्टमा किशोरीको शरीरमा १६ वटा घाउ छन् । ढुङ्गाले हानेका कारण उनको टाउको फुटेको छ । प्रहरी अनुसन्धानमा मृतकको पहिचान १६ वर्षकी साक्षी र आरोपीको पहिचान साहिल पुत्र सरफराजको रूपमा भएको छ । किशोरी जनकराजकी छोरी थिइन् । प्रहरीका अनुसार साहिल र साक्षी सम्बन्धमा थिए । तर आइतबार उनीहरुबीच झगडा भएको थियो ।

त्यसपछि साक्षी आफ्नी साथी नितुको छोराको जन्मदिनमा सरिक हुन घरबाट निस्किएकी थिइन् । त्यति नै बेला साहिलले उनलाई गल्लीमा रोके । यी दुईबीच केही भनाभन भयो र हत्याको उद्देश्यले आएका साहिलले चक्कुले साक्षीमाथि हमला गरे ।

सिसिटिभी फुटेजमा आरोपीले साक्षीलाई चक्कु हानिरहेको स्पष्ट देखिन्छ । गल्लीमा मानिसको आवतजावत नभएको पनि होइन तर कसैले पनि उनलाई बचाउन खोजेनन् । साहिलले लगातार उनलाई हमला गरेर घटनास्थलबाट फरार भए । उता साक्षीलाई अस्पताल लगियो तर अस्पतालमा उनलाई मृत घोषणा गरिदियो ।

साहिल एसी र फ्रिज मेकानिक, बुवाको नाम सरफराज

साहिलका घरबेटीले उनका बुवाको नाम सरफराज भएको र उनी २ वर्षदेखि आफ्नो परिवारसँग बरवालाको जैन कोलोनीमा बसिरहेको जानकारी दिए । साहिल फ्रिज र एसी बनाउने काम गर्दथे । उनलाई बुलन्दशहरबाट सोमबार दिउँसो ३ बजे आफन्तको घरबाट पक्राउ गरियो ।

साहिल र किशोरी एक वर्षदेखि सम्बन्धमा, किशोरीले अर्कै केटाको नामको ट्याटु बनाएकी थिइन्

भारतीय सञ्चार माध्यममा बताइए अनुसार किशोरीको हातमा अर्कै कोटाको नामको ट्याटु बनाइएको थियो । उनी पहिला प्रवीण नामका केटासँग सम्बन्धमा थिइन् । यी दुईको एक वर्ष अघि ब्रेकअप भयो । त्यसपछि उनी साहिलसँग सम्बन्धमा आइन् । केही दिनदेखि किशोरीले पुनः प्रवीणसँग कुराकानी गर्न थालेकी थिइन् । एजेन्सी

images
प्रकाशित मिति :जेठ १६, २०८० मंगलवार - १४:५०:०३ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology