आँबुखैरेनी । तनहुँको आँबुखैरेनी अस्पतालको सेवा विस्तारमा अर्को सफलता प्राप्त भएको छ । अस्पतालले भोली असार १ गतेदेखि आफ्नै फार्मेसी सञ्चालनमा ल्याउने भएको छ भने भोलीदेखि नै अस्पतालको सेवामा स्वास्थ्य बिमा कार्यक्रम समेत लागु गर्ने भएको छ ।
अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागु गर्नको लागि नेपाल सरकार स्वास्थ्य बिमा बोर्ड र आँबुखैरेनी अस्पताल बिच बुधबार हस्ताक्षर भएको गाउँपालिका अध्यक्ष शुक्र चमानले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले अस्पताल बिमा कार्यक्रम लागु गर्नको लागि अस्पतालको ३ जना कर्मचारीलाई तालिमको लागि पठाईसकिएको छ ।
अस्पतालमा सेवा लिन आउने सर्वसाधारणलाई सहज र सरल रुपमा सेवा दिने उद्धेश्य सहित स्वास्थ्य बीमा सञ्चालन गर्न लागिएको अध्यक्ष शुक्र चुमानले जानकारी दिए । उनले भने, ‘नागरिकहरुलाई स्वास्थ्य सेवा सहज, सर्भसुलभ हिसावले उपलव्ध गराउनुपर्ने हाम्रो दायित्व हो ।’
यस्तै अस्पतालमा सञ्चालनमा ल्याउन लागेको आफ्नै फार्मेसी औषधि खरिद गर्दा दश प्रतिशत छुट दिने व्यवस्था पनि मिलाइएको उनले बताए ।