Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

ब्रेकिङ न्युज

एकाबिहानै दुःखद खबर मनकामना नजिकै ताक्लुङमा जन्ति बोकेको गाडी मध्यरातमा दुर्घटना

एकाबिहानै दुःखद खबर मनकामना नजिकै ताक्लुङमा जन्ति बोकेको गाडी मध्यरातमा दुर्घटना

५ जनाको घटनास्थलमै मृत्यु, घटनाको विस्तृत विवरण आउन बाँकी

इच्छाकामना न्युज

८, आषाढ २०८०
एकाबिहानै दुःखद खबर मनकामना नजिकै ताक्लुङमा जन्ति बोकेको गाडी मध्यरातमा दुर्घटना

ताक्लुङ । गोरखाको शहिद लखन गाउँपालिका वडा नं. ५ स्थित ताक्लुङको सिलिङखोला भन्ने स्थानमा मध्यरातमा जन्ती बोकेर फर्कदै गरेको टाटा योद्धा गाडी दुर्घटनामा परेको छ । गाउँपालिकाकै वडा नं. ३ स्थित सिलिङकोटमा जन्ती आएर ताक्लुङ पोखरीछाप फर्कदै गरेको गाडी आज राति करिब साढे १२ बजेतिर सिलिङ र डाँडबारी बिचको अमलडाँडा भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

images

दुर्घटनामा परि ५ जनाको घटनास्थलमै मृत्यु भएको र १३ जनाको राति नै उद्दार गरि उपचारका लागि तनहुँको आँबुखैरेनी पठाईएको घटनास्थलबाट स्थानीय रेशम रानाले जानकारी दिए । उनका अनुसार दुर्घटनास्थलमा अझै पनि उद्दारकार्य जारी रहेकोले घटनाको विस्तृत विवरण आउन बाँकी छ । 

दुर्घटनास्थलमा अहिले प्रहरी चौकी मनकामनाबाट खटिएको प्रहरी टोली र स्थानीयले घाइतेहरुको उद्धार गरिरहेको छ भने २ जनालाई भिरबाट सकुशल उद्दार गरिएको छ । 

रातको समयमा पानी परिरहेको हुदाँ ग्रामीण कचची सडकमा गाडी दुर्घटना भै सडकबाट करिब २ सय मिटर तल गाडी खसेको हो । अहिले जिल्लाबाट उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलतर्फ जादैछ । 

images
प्रकाशित मिति :आषाढ ८, २०८० शुक्रवार - ०५:३७:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology