Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

म्याग्दे गाँउपालिकाको वजेट ५५ करोड ५३ लाख ५० हजार

म्याग्दे गाँउपालिकाको वजेट ५५ करोड ५३ लाख ५० हजार

इच्छाकामना न्युज

११, आषाढ २०८०
म्याग्दे गाँउपालिकाको वजेट ५५ करोड ५३ लाख ५० हजार

तनहुँ । म्याग्दे गाँउपालिकाको आर्थिक वर्ष ०८०।०८१ को वजेट वजेट ५५ करोड ५३ लाख ५० हजार प्रस्तुत भएको छ । गाँउपालिकाको १४ औ गाँउसभाको अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको वजेट अधिवेशनमा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले ५५ करोड ५३ लाख ५० हजारको वजेट पेश गर्नुभएको हो । 

images

जसमा संघिय सरकारवाट प्राप्त हुने वित्तिय समनिकरण अनुदान रु ९ करोड ५१ लाख, सशर्त चालु अनुदान रु १६ करोड २१ लाख, राजश्व वाँडफाँडवाट प्राप्त हुने ८ करोड ३२ लाख ५६ हजार ५ सय, विशेष अनुदान वापत १ करोड ५ लाख, समपुरक अनुदान वापत रु ५० लाख गरि  कुल जम्मा संघिय सरकारवाट ४६ करोड ४९ लाख ५६ हजार ५ सय प्राप्त हुने प्रक्षेपण गरिएको छ भने गण्डकी प्रदेश सरकारवाट प्राप्त हुने वित्तिय समनिकरण अनुदान १ करोड २१ लाख ६१ हजार, राजश्व वाँडफाँडवाट प्राप्त हुने ६० लाख १० हजार, विशेष अनुदान वापत रु ५० लाख, समपुरक अनुदान वापत रु १ करोड प्राप्त हुने प्रक्षेपण गरेको छ । 

त्यस्तै सडक वोर्ड वाट आम्दानी ३० लाख, आन्तरिक आय ०७९।०८० मा खर्च नभएको जिम्मेवारी सर्ने समेत ७ करोड ४२ लाख २२ हजार ५ सय, अगामी आर्थिक वर्षमा आन्तरिक आम्दानीवाट हुने आय रु ५ करोड, विपद व्यवस्थापन कोषको अल्या १० लाख, लागत साझेदारीमा जनसहभागितावाट प्राप्त हुने रु १ करोड ५० लाख, विभिन्न गैरसरकारी संस्थावाट प्राप्त हुने आय रु १० लाख, संघ संस्था र प्रदेशको विभिन्न कार्यक्रमहरुमा गाँउपालिकाको सहभागितावाट वेहोर्नपर्ने रकम रु १० लाख , मालपोत कार्यलय तनहुँवाट घरजग्गा रजिष्ट्रेशन दस्तुरवाट प्राप्त हुने आय ५० लाख गरि कुल ५५ करोड ५३ लाख ५० हजार हुने गाँउपालिकाले प्रक्षेपण गरेको छ । 

पालिकाले यसैगरि स्थानिय राजनैतिक दल, संघसंस्थाहरु विद्धतवग, आम नागरिक, नागरिक समाज, संचारजगत लगायत सवैवाट प्राप्त सुझावलाई समेत आधार मानी वढ्दो आर्थिक मन्दिका कारण मुलुकमा देखा परेको आर्थिक संकटलाई न्यनीकरण गर्न चालु तथा प्रशासनिक खर्चलाई कटौती गर्दे तिव्र, उच्च, फराकिलो र समावेशी हुने गरि वजेट तथा कार्यक्रम तर्जुमा गरेको जनाएको छ ।

आर्थिक वर्ष ०७९।०८० को कुल वजेट विनियोजित भएकोमा आर्थिक वर्ष ०८०।०८१ मा ५५ करोड ५३ लाख ५० हजार मात्र विनियोजन गरेको छ । 

 

images
प्रकाशित मिति :आषाढ ११, २०८० सोमवार - १३:१२:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology