Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

एसइईको नतिजामा इच्छाकामना : कुरिनटारको प्रगती पाठशाला पालिकामै उत्कृष्ट, सामुदायिकतर्फ सर्वशान्ति माविको राम्रो नतिजा

एसइईको नतिजामा इच्छाकामना : कुरिनटारको प्रगती पाठशाला पालिकामै उत्कृष्ट, सामुदायिकतर्फ सर्वशान्ति माविको राम्रो नतिजा

इच्छाकामना न्युज

२३, आषाढ २०८०
एसइईको नतिजामा इच्छाकामना : कुरिनटारको प्रगती पाठशाला पालिकामै उत्कृष्ट, सामुदायिकतर्फ सर्वशान्ति माविको राम्रो नतिजा
images

कुरिनटार । बिहिबार सार्वजनिक भएको गत वर्षको एसइई परीक्षाको नतिजामा इच्छाकामना गाउँपालिकाबाट सहभागी सबै विद्यालयहरु मध्य इच्छाकामना ४ कुरिनटारमा रहेको संस्थागत विद्यालय प्रगती पाठशालाको नतिजा उत्कृष्ट आएको छ । नतिजा अनुसार प्रगती पाठशालाबाट सहभागी ४५ जना विद्यार्थीहरु उतीर्ण भएका छन् भने ४ जनाले ए प्लसको जिपिए ल्याएका छन् ।

images
images

उक्त विद्यालयबाट सहभागी छात्र सविन त्रिपाठीले ३.८५ जिपिए र छात्रा सजिता सिलवालले ३.६५ जिपिए ल्याएका छन् । अन्य सहभागी मध्य ४ जनाले ए प्लस, ९ जनाले ए, ११ जनाले बि प्लस, ११ जनाले बि, ७ जनाले सि प्लस र ३ जनाले सि ग्रेड ल्याएको प्रिन्सिपल टंक त्रिपाठीले बताए ।

संस्थागत विद्यालयतर्फ रहेका ग्रीनफिल्ड बोर्डिङ स्कुल मुग्लिनका २ जना र मस्र्याङदी शिक्षा सदन मुग्लिनका १ जना विद्यार्थीले ए ग्रेड ल्याएका छन् । 

यस्तै सामुदायिक विद्यालयतर्फ कुरिनटारमा रहेको सर्वशान्ति माविको नतिजा सबैभन्दा राम्रो आएको छ । उक्त विद्यालयबाट सहभागी  २ जना विद्यार्थीले ए ग्रेड ल्याएका छन् । उक्त विद्यालयका अंकित थापा मगरले ३.४ र सुगम थापा मगरले ३.३५ जिपिए ल्याएको विद्यालयका प्रध्यानाध्यापक जोहन खरेलले बताए । उक्त विद्यालयबाट सहभागी १०५ जना विद्यार्थीहरु मध्य २ जनाले ए, १३ जनाले बि प्लस, १० जनाले बि, २९ जनाले सि प्लस, ४० जनाले सि, ३ जनाले डि प्लस, ७ जनाले डि ग्रेड ल्याएका छन् भने १ जना अनुपस्थित भएका थिए ।

यस्तै अन्य सामुदायिक विद्यालयहरुमा मुग्लिनको त्रिवेणी बराह माविका २ विद्यार्थी सन्धा अधिकारीले ३.२८ र अभिषेक कुमारले ३.२ जिपिए ल्याएको विद्यालयका प्रध्यानाध्यापक युवराज लामाले जानकारी दिए । साथै इच्छाकामना ७ मा रहेको गर्दास माविका १ र रानीखोला मावि सिमलढापका १ विद्यार्थीले ए ग्रेड ल्याएको उक्त विद्यालयका प्रध्यानाध्यापकहरुले जानकारी दिएका छन् । 

इच्छाकामना गाउँपालिकाबाट पछिल्लो वर्ष एसइईमा ८ वटा सामुदायिक र ३ वटा संस्थागत गरी ११ वटा सामुदायिक विद्यालयहरुबाट विद्यार्थीहरु सहभागी थिए ।

images
प्रकाशित मिति :आषाढ २३, २०८० शनिवार - ०९:०३:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology