Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

'हात्तीछाप’ को छायांकन सुरू

'हात्तीछाप’ को छायांकन सुरू

इच्छाकामना न्युज

२४, आषाढ २०८०
'हात्तीछाप’ को छायांकन सुरू

काठमाडौं । फिल्म ’हात्तीछाप’ को छायांकन सुरू भएको छ । फिल्मको आइतबार बालकुमारीमा रहेको एक ग्यारेजबाट छायांकन सुरू गरिएको निर्माण पक्षले जनाएको छ । सिमोस सुनुवारले निर्देशन गर्ने फिल्म किरण नेपाली निर्माता रहेका छन् ।

images

सामाजिक कथावस्तुलाई कमेडी तरिकाले प्रस्तुत गरिने फिल्मलाई १५ दिन काठमाडौं र १५ दिन पोखरामा छायांकन गरिनेछन् । फिल्मलाई सुशान्त प्रजापतिले छायांकन गर्नेछन् ।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, बेनिशा हमाल, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, विजय बराल, विल्सन विक्रम राई, कमलमणी नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, रविन्द्र झा, रियर राईलगायत कलाकारको अभिनय रहनेछ। फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन् ।

images
प्रकाशित मिति :आषाढ २४, २०८० आइतवार - १२:४८:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology