Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

सेवाग्राही प्रति कर्मचारीलाई उत्तरदायी बनाउन प्रत्येक कर्मचारीसँग कार्यसम्पादन सम्झौता गर्दै इच्छाकामना

सेवाग्राही प्रति कर्मचारीलाई उत्तरदायी बनाउन प्रत्येक कर्मचारीसँग कार्यसम्पादन सम्झौता गर्दै इच्छाकामना

अब कर्मचारीको कारण क्षति पुगे कर्मचारी आफैले सेवाग्राहीलाई क्षतिपुर्ती समेत तिर्नुपर्ने

चित्र बहादुर गुरुङ

३, श्रावण २०८०
सेवाग्राही प्रति कर्मचारीलाई उत्तरदायी बनाउन प्रत्येक कर्मचारीसँग कार्यसम्पादन सम्झौता गर्दै इच्छाकामना
images

चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले आफ्ना कर्मचारीलाई सेवाग्राही प्रति उत्तरदायी बनाउन नयाँ अभियान सुरु गर्न लागेको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै गाउँपालिकाले कर्मचारीलाई सेवाग्राही प्रति उत्तरदायी बनाउन सेवाग्राही मैत्री क्षतिपूर्ती सहितको नागरिक बडापत्र लागु गर्दै नयाँ अभियान सुरु गर्न लागेको हो । 

images
images

जसमा गाउँपालिकाले प्रत्येक कर्मचारीसँग कार्यसम्पादन सम्झौता गर्न लागेको छ । कार्यालयले शाखा प्रमुखसँग र शाखा प्रमुखले सम्बन्धित शाखाका कर्मचारीसँग वार्षिक कार्ययोजना सहित कार्यसम्पादन सम्झौता गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषालले जानकारी दिए । 

उनका अनुसार अब हरेक कर्मचारीको ६ वटा सूचकका आधारमा मूल्याङ्कन हुनेछ । जसमा गाउँपालिकाले वार्षिक कार्ययोजनाको मूल्याङ्कनमा ७%, वार्षिक कार्ययोजनाको कार्यान्वयनको अवस्था मुल्याङ्कनमा ६५%, सेवाग्राही सन्तुष्टी सर्वेक्षणका आधारमा हुने मुल्याङ्कनमा ७%, अनुशासन, आज्ञापालन र नैतिक आचारणको मुल्याङ्कनमा ७% समकक्षीबाट हुने मुल्याङ्कनमा ७% र समस्या समाधामनमा देखिएको अग्रसरताको मूल्याङ्कनमा ७% गरि कर्मचारीको मूल्याङ्कन गर्नेछ भने सोही मुल्याङ्कनको आधारमा कर्मचारीहरुलाई दण्ड, जरिवाना, सम्मानित र पुरस्कृत गर्नेछ । 

गाउँपालिकाले अहिले साउन ८ गतेसम्म कार्ययोजना पेश गर्न सम्पूर्ण शाखा प्रमुखहरुलाई निर्देशन दिईसकेको उनले बताए । उनले भने– ‘शाखा प्रमुखहरुबाट वार्षिक कार्ययोजना आएसँगै साउन १० गतेसम्म कार्यसम्पादन सम्झौता गरिसक्नेछौ र लागु गर्नेछौं’ । यस्तै यो सम्झौता लागु भएसँगै अब कुनै कर्मचारीले सेवाग्राहीको काममा ढिलासुस्ती गरेका कारण वा अनुचित लाभ लिइ सेवाग्राहीलाई क्षति पु¥याईएको पाईए दोषी कर्मचारीलाई तत्काल कारबाही गरि निजबाट सेवाग्राहीलाई क्षतिपूर्ती समेत दिलाउने व्यवस्था मिलाईएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुषाले बताए । 

images
प्रकाशित मिति :श्रावण ३, २०८० बुधवार - १२:५०:०९ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology