Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

चितवनको सुन्तला गाउँको नामले परिचित तामिनमा सुन्तला उत्पादन बर्षेनी घट्दै 

चितवनको सुन्तला गाउँको नामले परिचित तामिनमा सुन्तला उत्पादन बर्षेनी घट्दै 

चितवनको सुन्तला गाउँको नामले परिचित तामिनमा सुन्तला उत्पादन बर्षेनी घट्दै 
images

तामिन, ९ माघ । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाको वडा नं. ५ मा पर्ने तामिन गाउँले कुनै बेला जिल्लामै सुन्तला फल्ने एकमात्र गाउँको रुपमा पहिचान बनाएको थियो। तामिन गाउँलाई तात्कालिन समयमा जिल्लाको सुन्तला उत्पादनको पकेट क्षेत्र भनेर समेत घोषणा गरिएको थियो। यसैले पनि तामिनलाई धेरैले सुन्तला गाउँको रुपमा पनि चिन्ने गर्थे। तर तामिन गाउँको पहिचान बनेको सुन्तला उत्पादन पछिल्लो ६ वर्ष यता वर्षेनी घट्दै गएको छ। 

images
images

ram.png
कुनैबेला तामिन गाउँले सुन्तला बिक्रीबाटै साढे २ करोडसम्म गाउँ भित्र्याउने गथ्र्यो तर अचेल सुन्तला खेतीमा समस्या हुन थालेपछि वर्षेनी उत्पादन घट्दै गएको तामिन कृषि सहकारी संस्थाका उपाध्यक्ष समेत रहेका सुन्तला कृषक रामप्रसाद बोहोराले बताए। ‘मैले सुन्तला बेचेरै एक वर्षमा १० लाखसम्म कमाए’ –उनले भने ‘यो वर्ष मेरो सुन्तला बिक्रीको आम्दानी मुस्किलले ३ लाख पुग्छ कि?’ कृषक बोहोराले अहिले साढे ३ बिगाहा जग्गामा सुन्तला खेती गरेका छन्। 
यस्तै तामिनकै अर्का सुन्तला कृषक स्थानीय विश्वप्रकाश नेपाल क्षेत्रीले पनि पछिल्लो पाँच वर्षयता गाउँमा सुन्तला उत्पादन घट्दै गएको बताए। करिब डेढ बिगाहा जग्गामा ३ सय ५० बोट सुन्तला लगाएका उनको यो वर्ष सुन्तला बिक्रीबाट ३५ सय मात्र आम्दानी भएको छ। ‘कुनै बेला मैले यहि सुन्तला बिक्रीबाट ६ लाखसम्म कमाएको थिए’ –उनले भने। 

biswa.png
पछिल्लो समय तामिनको सुन्तला खेतीमा सुरुमा जरा मर्ने र बोट सुक्दै जाने, दाना सानो हुने, फल लागे पनि अमिलो हुदै जाने समस्या देखिन थालेको छ। समस्या समाधानको लागि सबै क्षेत्रबाट पहल गरिए पनि समाधान हुन नसक्दा तामिनको पहिचान बनेको सुन्तला उत्पादन घट्दै गएको किसानहरुले बताए। यो समस्याले किसानहरु चिन्तित हुन थालेका छन्। कतिपय किसानहरुले सुन्तला खेति मासेर तरकारी खेतीतर्फ लाग्न थालेको कृषक विश्वप्रकाश नेपाल क्षेत्रीले बताए। उनी आफुले पनि सुन्तलाको बोट मर्न थालेपछि अहिले तरकारी खेती गर्न थालेको बताए। 
तामिनमा करिब ५० जना कृषकहरुले सुन्तला खेती गर्ने गर्छन्। तामिनको करिब ४५ बिगाहा जग्गामा सुन्तला खेती रहेको कृषक रामप्रसाद बोहोराले बताए।  

images
प्रकाशित मिति :माघ ९, २०७७ शुक्रवार - १९:४७:३९ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology