Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

नेपालमा प्रत्येक दिन १० वर्षमुनिका एक बालिका बलात्कृत

नेपालमा प्रत्येक दिन १० वर्षमुनिका एक बालिका बलात्कृत

पत्रपत्रिका

१०, माघ २०७७
नेपालमा प्रत्येक दिन १० वर्षमुनिका एक बालिका बलात्कृत

काठमाण्डौं, १० माघ । 
नेपालमा प्रत्येक दिन १० वर्षमुनिका एक बालिका बलात्कृत हुने गरेको नेपाल प्रहरीले जनाएको छ। 
 प्रत्येक दिन औसतमा १० वर्षमुनिका एक जना बालिकाहरु बलात्कारको सिकार बन्ने गरेका छन् । आर्थिक वर्ष २०७७र७८ को साउनदेखि मंसिरबीचको पाँच महिनामा मात्रै १० वर्ष मुनिका १ सय ३४ बालिका र एक बालक बलात्कारको सिकार भएका छन् ।
यही अवधिमा ११ देखि १६ वर्षका ४ सय २८ बालिकाहरु बलात्कारको सिकार बनेको तथ्यांक छ । लुम्बिनी प्रदेशमा मात्रै पछिल्लो पाँच महिनामा १० वर्ष उमरमुनिका ३० बालिका बलात्कृत भएका छन् ।

images

यो तथ्यांक यो अवधिमा प्रदेश १ बाहेकका अन्य ५ प्रदेशको तुलनामा सबैभन्दा उच्च हो । यही अवधिमा लुम्बिनी प्रदेशमा ११ देखि १६ वर्ष उमेर समूहका ५८ बालिका बलात्कृत भएका छ ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :माघ १०, २०७७ शनिवार - ०८:३८:४६ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology