Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

महिलासँग अश्लील हर्कत गर्ने दमकका प्रमुख प्रशासकीय अधिकृत निरौलालाई २४ घन्टाभित्र हाजिर हुन मन्त्रालयको निर्देशन

महिलासँग अश्लील हर्कत गर्ने दमकका प्रमुख प्रशासकीय अधिकृत निरौलालाई २४ घन्टाभित्र हाजिर हुन मन्त्रालयको निर्देशन

इच्छाकामना न्युज

१५, श्रावण २०८०
महिलासँग अश्लील हर्कत गर्ने दमकका प्रमुख प्रशासकीय अधिकृत निरौलालाई २४ घन्टाभित्र हाजिर हुन मन्त्रालयको निर्देशन
images

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री अमनलाल मोदीले दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलामाथि एक्सन लिएका छन् । उनले निरौलालाई २४ घन्टाभित्र हाजिर हुन निर्देशन दिएका हुन् ।

images
images

मन्त्री मोदीले सोमबार गोप्य/अति जरुरी लिखित निर्देशन पठाउँदै २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको मन्त्रालयको स्रोतले जानकारी दिएको छ ।  

गत शनिबार सरकारी क्वार्टरमा महिलासँगको अश्लील गतिविधि गरेको भिडियो सार्वजनिकपछि उनी विवादमा तानिएका थिए ।

आज विवादित बनेका निरौलालाई दमक नगरपालिकाका कर्मचारीहरुले कार्यालय प्रवेशमा समेत रोक लगाएका थिए ।

मदिराको नशामा एक महिलासँग अश्लील गतिविधि गर्दै गरेको टिकटक लाइभबाट सार्वजनिक भएको थियो ।  

images
प्रकाशित मिति :श्रावण १५, २०८० सोमवार - २०:४४:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology