बैतडी । बैतडीमा एक महिलाले असाधारण शिशु जन्माएकी छिन्। जिल्लाको दोगडाकेदार गाउँपालिका—८ कालागाउँ माल्लेकी १७ वर्षीया सीमा लुहारले टाउकोतिर खुट्टा पल्टिएको र हात पनि खुट्टा जस्तै भएकी बालिका (छोरी) जन्माएकी हुन्।
उनले थपिन् ,‘सीमाको बच्चाको जन्म जोखिमपूर्ण छ। उनको उमेर कम छ। उनी धेरै कमजोर भएकाले यस्तो बच्चा जन्मिएको हुनसक्छ। करिब दुई महिना अगाडि गर्भ जाँच गराउँदा बच्चाको अवस्था ठीकै थियो। गर्भमा रहँदा बच्चा एउटै ठाउँमा बसेकोले यस्तो भएको हुनसक्छ।’
नवजात शिशुको थप उपचारका लागि हाडजोर्नी विशेषज्ञलाई देखाउनु पर्ने डा गुणराज अवस्थीले बताए। उनले भने, 'यो बच्चालाई समयमै हाडजोर्नी विशेषज्ञलाई देखाउन सल्लाह दिएका छौँ। कम उमेरमा विवाह गरी बच्चा जन्मेकाले यो समस्या भएको हो।'