Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

विवाहित पुरुषलाई हनी ट्र्यापमा पारेर लाखौ रकम लुट्ने १ युवती सहित ४ पक्राउ

विवाहित पुरुषलाई हनी ट्र्यापमा पारेर लाखौ रकम लुट्ने १ युवती सहित ४ पक्राउ

इच्छाकामना न्युज

१९, श्रावण २०८०
विवाहित पुरुषलाई हनी ट्र्यापमा पारेर लाखौ रकम लुट्ने १ युवती सहित ४ पक्राउ

काठमाडौं । श्याम शर्मा (नाम परिवर्तन)लाई सामाजिक सञ्जाल फेसबुकमा अनिता मगरको नामबाट फ्रेन्ड रिक्वेस्ट आउँछ । प्रोफाइल हेर्दा राम्रै देखिएपछि श्यामले फ्रेन्ड रिक्वेस्ट एसेप्ट गर्छन् । रिक्वेस्ट एसेप्ट हुनासाथ अनिता उनीसँग मेसेन्जरमा कुराकानी गर्न थाल्छिन् । कुरा गर्दै जाँदा अनिता मेसेजमै श्यामलाई काठमाडौंको कुनै एउटा होटेलमा भेट्न बोलाउँछिन् ।

images

महिलाले राम्रै नियतले बोलाएकी हुन सक्छिन् भन्ने साेचेर श्याम होटेल पुग्छन्, भेटेर कुराकानी गर्न थाल्छन् । त्यसपछि अनिता एक्कासि बाहिर निस्किन्छिन् र केही समयपछि भित्र होटेलमा गएर श्यामलाई आफूले उनलाई भेटेको कुरा दाजु भाउजूले थाहा पाएको कुरा बताउँछिन् ।

त्यसपछि कुरा मिलाउन दाजु भाउजूले भने बमोजिम मान्न श्यामलाई निर्देशन दिन्छिन् । त्यसपछि केही गरी श्याम घर आउँछन् । घर आएपछि पनि उनलाई ती महिलाको समूहबाट धम्की आउन थाल्छ ।

उनीहरू श्यामलाई फोनमा तोके बमोजिमको रकम दिन भन्दै ब्ल्याकमेल गर्न थाल्छन् । यसरी आफूलाई दिक्क बनाएपछि पीडित श्यामले जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी दिन्छन् । उनले उजुरी दिएपछि प्रहरी त्यसैको आधारमा अनुसन्धान गर्न थाल्छ ।

अनुसन्धानकाे क्रममा बुधबार पीडितसँग पैसाको बार्गेनिङ गरिरहेको अवस्थामा आफूलाई अनिता भन्ने युवतीसहित दुई जना अरू तीन लाख रुपैयाँको चेक लिएको अवस्थामा ललितपुर बालकुमारीस्थित द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन हाउसबाट पक्राउ पर्छन् ।

परिसरका अनुसार पक्राउ पर्नेमा आफूलाई अनिता मगर भन्ने झापा घर भई बानेश्वर काठमाडौं बस्ने २४ वर्षीय सिया मगर रहेकी छन् । हनी ट्र्यापमा उनको भूमिका विवाहित युवालाई फेक आईडी खोलेर फ्रेन्ड रिक्वेस्ट पठाउने, त्यसपछि कुरा गर्दै जाने । अनि प्रेम सम्बन्धमा बस्ने प्रलोभन देखाउने र युवक राजी भएपछि पायक पर्ने ठाउँमा बोलाएर केटाहरू लगाई रकम डिमान्ड गर्ने रहेको छ ।

उनीसँगै सिन्धुपाल्चोक घर भई काठमाडौं बानेश्वर बस्दै आएका गाडी चालक दिपक पराजुली रहेका छन् । हनी ट्रयापमा उनको भूमिका नक्कली पत्रकारको छ । प्रहरीका अनुसार पीडितलाई उनी आफूलाई मन्त्रालयको प्रेस सल्लाहकार भएको र उनीहरूबीचको सम्पूर्ण विवरणको रेकर्ड राखेको भन्दै पैसाको डिमाण्ड गरी तर्साउने रहेको छ ।

त्यसैगरी यही घटनामा राइड शेयरिङमा आवद्ध सिन्दुपाल्चोक घर भई भक्तपुर बस्दै आएका २७ वर्षीय विमल सुवेदी र सिन्धुपाल्चोक गर भई हाल भक्तपुर बस्दै आएका २४ वर्षीय सरोज तिमिल्सिना पनि पक्राउ परेका छन् । हनी ट्रयापमा सुवेदीको भूमिका मेसेज तथा भेट गरी ब्ल्याकमेल गर्ने रहेको छ भने तिमिल्सिना भेट्न बोलाएको बेला डर त्रास देखाउने भूमिकामा देखिएका छन् ।

पक्राउ पर्नेहरूबाट प्रहरीले कसूरमा प्रयोग भएका मोबाइल, सिमकार्ड तथा पीडितले दिएको चेक बरामद गरेको छ ।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा उनीहरूको समूहले थप अर्काे पीडितबाट असार २८ गते तीन लाख २५ हजार रुपैयाँ ब्ल्याकमेल गरी लगेको देखिएको छ । उनीहरूमाथि जिल्ला अदालत ललितपुरबाट पाँच दिनको म्याद थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण १९, २०८० शुक्रवार - ०८:३८:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology