Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

छात्राहरुलाई अश्लिल म्यासेज पठाएको भन्दै सर्वशान्ति मावि कुरिनटारका शिक्षक अर्जुन खत्री माथि विद्यार्थीद्वारा कुटपिट

छात्राहरुलाई अश्लिल म्यासेज पठाएको भन्दै सर्वशान्ति मावि कुरिनटारका शिक्षक अर्जुन खत्री माथि विद्यार्थीद्वारा कुटपिट

इच्छाकामना न्युज

२२, श्रावण २०८०
छात्राहरुलाई अश्लिल म्यासेज पठाएको भन्दै सर्वशान्ति मावि कुरिनटारका शिक्षक अर्जुन खत्री माथि विद्यार्थीद्वारा कुटपिट
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ स्थित कुरिनटारमा रहेको सर्वशान्ति माध्यामिक विद्यालयका शिक्षक अर्जुन बहादुर खत्री माथि कुटपिट भएको छ । विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्राहरुलाई मोबाईलमा अश्लिल म्यासेज पठाएको आरोपमा आज बिद्यालयमै छलफलको क्रममा विद्यार्थीहरुले शिक्षक खत्री माथि कुटपिट भएको हो ।

images
images

शिक्षक खत्रीले पहिले पहिले पनि छात्राहरुलाई अश्लिल म्यासेजहरु पठाउने गरेको र ३–४ दिनदेखि यता विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्राहरुलाई पुनः अश्लिल म्यासेजहरु पठाएको र छात्राहरुले साथी साथी बिच एकापसमा कुरा हुदा सो कुरा खुलेपछि आज विद्यालयमा अभिभावक विद्यार्थी र शिक्षकहरु बिच छलफल चलेको थियो । छलफलकै क्रममा विद्यार्थीहरुको भिडले शिक्षक खत्री माथी आक्रमण गरी कुटपिट भएको हो । घटना दिउँसो करिब १ बजेतिरको हो । यस विषयमा विद्यालयका आधिकारिक धारणा आउन बाँकी छ । 

यद्यपी विद्यालयमा शिक्षक माथि कुटपिट भएको खबर पाएपछि प्रहरीले आरोपित शिक्षक खत्रीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक विशाल तामाङले जानकारी दिए । उनका अनुसार आरोपित शिक्षक अहिले प्रहरी नियन्त्रणमा रहेको छ भने अहिलेसम्म कुनैपनि विद्यार्थीले उजुरी नदिइएको उनले जानकारी दिए ।

हेर्नुस् भिडियो

images
प्रकाशित मिति :श्रावण २२, २०८० सोमवार - १५:४८:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology