Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

एमबीबीएसको शुल्क बढाउने प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्वीकार 

एमबीबीएसको शुल्क बढाउने प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्वीकार 

इच्छाकामना न्युज

१०, माघ २०७७
एमबीबीएसको शुल्क बढाउने प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्वीकार 

काठमाण्डौ, १० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगले एमबीबीएस लगायत चिकित्सा विषयको शुल्क बढाउन गरेको प्रस्ताव अस्वीकार गर्नुभएको छ। शुल्क निर्धारण सिफारिस कार्यदलले पेश गरेको प्रस्ताव अस्वीकार गर्दै प्रधानमन्त्री ओलीले शुल्क घटाउन निर्देशन दिनुभयो ।
आयोगले शैक्षिकसत्र २०७७/०७८ मा एमबीबीएस कार्यक्रमको लागि ८ लाख रुपैयाँ बढाउनुपर्ने प्रस्ताव पेश गरेको थियो । आयोग शुल्क निर्धारण कार्यदलले विभिन्न कारण देखाउँदै ४० लाख २३ हजार २ सय ५० रुपैयाँबाट वृद्धि गरी ४८ लाख रुपियाँ सिफारिस गरेको थियो । आयोगका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले यो वर्ष शुल्क नबढाउन निर्देशन दिनुभएको हो । 
कोरोना कहरले थला परेको अवस्थामा सरकारले शुल्कवृद्धि गर्दा नकरात्मक असर पर्ने भएकोले शुल्क बढाउनु उचित नहुने प्रधानमन्त्रीको भनाई छ । आयोगका सह अध्यक्ष एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पनि गलत सन्देश जाने भएकोले यो अवस्थामा शुल्क नबढाउन सुझाव दिनुभएको थियो । सिफारिस समितिले १७ विषय मध्य अधिकांशमा बढाउने सिफारिस गरेको थियो । 
बैठकले यो विषयमा कुनै निर्णय गर्न नसके पनि तत्कालको अवस्था विश्लेषण गरी शुल्क निर्धारण गर्न मन्त्री श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय कार्यदल बनाउने निर्णय गरेको छ। कार्यदलमा सह अध्यक्ष एवम् स्वाथ्यमन्त्री हृदयश त्रिपाठी, शिक्षा सचिव गोपीनाथ मैनाली, स्वास्थ्य सचिव लक्ष्मण अर्याल, राष्ट्रिय योजना आयोगका सदस्य (शिक्षा) डा उषा झा, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरी र आयोगका सदस्य सचिव डिल्लीराम लुइटेल सदस्य रहेका छन् ।

images

images
प्रकाशित मिति :माघ १०, २०७७ शनिवार - १८:४३:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology