Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

पूर्व सचिव भिम उपाध्याय विरुद्ध चितवनमा साईबर क्राईम मुद्दामा उजुरी दर्ता, महिलाको चरित्रहत्या गरेको आरोप (भिडियो सहित)

पूर्व सचिव भिम उपाध्याय विरुद्ध चितवनमा साईबर क्राईम मुद्दामा उजुरी दर्ता, महिलाको चरित्रहत्या गरेको आरोप (भिडियो सहित)

इच्छाकामना न्युज

७, भाद्र २०८०
पूर्व सचिव भिम उपाध्याय विरुद्ध चितवनमा साईबर क्राईम मुद्दामा उजुरी दर्ता, महिलाको चरित्रहत्या गरेको आरोप (भिडियो सहित)

चितवन । पूर्व सचिव भिम उपाध्याय विरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साईबर क्राईम सम्बन्धी मुद्दामा उजुरी दर्ता भएको छ । अनधिकृत रुपमा चितवनकी एक महिलाको तस्विर सामाजिक सञ्जालमा पोष्ट गरि गलत भ्रम फैलाइएको भन्दै आज उजुरी दर्ता भएको हो ।

images

IMG_5104555.jpg

उपाध्याय विरुद्ध भरतपुर महानगरपालिका १६ शरणपुरकी पूर्णीमा गुरुङले उजुरी दर्ता गरेकी हुन् । उनले सामाजिक सञ्जाल मार्फत पूर्वसचिव उपाध्यायले आफ्नो चरित्रहत्या गरेको भन्दै प्रहरीमा उजुरी दिएकी हुन् । पूर्व सचिव उपाध्यायले केहि दिन अघि ‘गोरु खाने धराने’ भन्दै हट्टी टोक्दै गरेकी एक महिलाको तस्विर आफ्नो फेसबुक पेजमा पोष्ट गरेको थियो ।

367947290_317596504072052_4530920564674617194_n.jpg

सो फोटो आफ्नो रहेको र आफुले गोरुको मासु खाएको नभै २ वर्ष अघि भोजमा राँगाको मासु सहितको खुट्टा खाएको बताईन् । ‘मैले २ वर्ष २०७८ फागुन ९ गते मेरो आफन्तको पास्नी भोजमा राँगाको खुट्टा खादै गर्दा रमाईलोको लागि भिडियो खिचेर उतिबेलै टिकटकमा हालेको हो’ –उनले भने ‘सोहि भिडियोबाट स्क्रीन सर्ट गरेर फोटो निकाली अहिले आएर उनीहरुले फेसबुकमा गलत कुरा लेख्दै मेरो चरित्रहत्या ग¥यो ।’

IMG_5102.JPG

त्यो फोटो भिडियो पोष्ट गर्दै गलत कुरा लेखिदिदा केहि दिन यता आफुले निकै मानसिक तनाव व्यहोर्नु परेको उनले बताईन् । उनले बिहिबार सञ्चारकर्मी सँग रुदै भनिन् ‘मलाई अहिले कहाँ कहाँ बाट के–के भन्दै म्यासेज कमेन्टहरु आउछ, रातभर सुत्न सकेकी छैन ।’

भिडियो 

images
प्रकाशित मिति :भाद्र ७, २०८० बिहिवार - २०:१३:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology