Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

माधवजी निर्दोष सावित हुनुभयो, सधैंको टेन्सन सकियोः प्रधानमन्त्री प्रचण्ड

माधवजी निर्दोष सावित हुनुभयो, सधैंको टेन्सन सकियोः प्रधानमन्त्री प्रचण्ड

इच्छाकामना न्युज

१५, भाद्र २०८०
माधवजी निर्दोष सावित हुनुभयो, सधैंको टेन्सन सकियोः प्रधानमन्त्री प्रचण्ड
images

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल भ्रष्टाचार काण्डमा निर्दोष साबित भएको बताएका छन्। शुक्रबार पोखरामा आयोजित समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अध्यक्ष नेपाल निर्दोष साबित भएको दाबी गरेका हुन्।

images
images

‘माधवजीको बारेमा के हो कसो हो भनेर आइराख्यो। पहिलोचोटी उहाँ निर्दोष हो भन्ने सावित भयो। औपचारिक ढंगले नै सावित भयो। अब प्रश्न उठाउने ठाउँ रहेन। किनकी सीआइबीले के हो भनेर पनि बयान लियो, बयान लिएर निर्दोष साबित गरेर मुद्दा चलाउन नपर्ने भनेर लिखित दिएपछि सधैंको टेन्सन सकियो। माधवजीलाई टेन्सन भए मात्रै हुन्थ्यो त्यो टेन्सन मलाई पनि थियो। किनकी हामी एउटै ठाउँमा थियौं। दोषी गइरहेका छन्। निर्दोष छुटिरहेका छन्,’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले सरकार पाँच वर्ष टिक्ने दाबी गरे। ‘म प्रधानमन्त्री हुँदा एक महिने कि भन्ने थियो। ८ महिना बितिसक्यो। गर्दै जाँदा वर्ष बित्छ जस्तो देख्छु मैले। यो गठबन्धन पाँच वर्ष जान्छ। सरकारले यो लडाइँलाई अन्तिम निष्कर्षमा पुर्याउँछ,’ उनले भने।

images
प्रकाशित मिति :भाद्र १५, २०८० शुक्रवार - २०:१८:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology