Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

धादिङको बेनिघाट रोराङमा पनि घरघरमा माओवादी जनजनमा माओवादी अभियान सुरु

धादिङको बेनिघाट रोराङमा पनि घरघरमा माओवादी जनजनमा माओवादी अभियान सुरु

इच्छाकामना न्युज

१७, भाद्र २०८०
धादिङको बेनिघाट रोराङमा पनि घरघरमा माओवादी जनजनमा माओवादी अभियान सुरु
images

विशालटार । नेकपा माओवादी केन्द्रले संगठन सुदृढीकरणका लागि आजदेखी देशैभर एकैसाथ अभियान सञ्चालन सुरु  गरेका  छन् । घरघरमा माओवादी जनजनमा माओवादी भन्ने मुल नारासहित आजदेखी अभियान सुरु गरेका हुन् । 

images
images

यसैबिच धादिङको बेनिघाट रोराङ गाउँपालिकामा पनि आजैदेखी अभियान सुरु गरेका  छन् ।घरघरमा माओवादी जनजनमा माओवादी  मुल संकल्प सहित जनता सँग माओवादी बिशेष रुपान्तरण अभियान अन्तर्गत  वडाहरुबट अभियान सुरु गरेका हुन् ।  

वडा नम्बर ३ मा  पार्टीका  केन्द्रिय  सदस्य एवम् बेनीघाट रोराङका अभियान इन्चार्ज कञ्चन खनाल  गाउँ पालिका अध्यक्ष तथा बागमती प्रदेश पार्टी  सचिवालय सदस्य कृष्ण बहादुर थपलिया विवेक ३ न. वडा इन्चार्ज तथा गाउँ  कमिटी उपाध्यक्ष संगीता पाण्डे  बिसुरालको उपस्थितिमा एक कार्यक्रमकाबिच अभियान सुरु गरेका छन् ।  वडाका  सम्पूर्ण पार्टी सदस्य  स्थानीय पाङ्राजिप बासीजनसमुदाय को उपस्थिति मा ३ न वडा को ३पाङ्राजिप टोल सरसफाइ तथा भेटघाट गरी अभियान उद्घाटन  सम्पन्न गरिएको हो ।   

यसैबिच सोही अभियान अन्तरगत आज  वडा न.४ ईराङमा  स्थित हर्कपुर माध्यमिक विद्यालयमा    सरसफाइ सरसफाई अभियान सुरु गरिएको छ ।  १० वटै वडामा विभिन्न कार्यक्रम गरि अभियानको सुरुवात गरिएको   गाउँ कमिटीले जनाएको छ । 

वडा न १ 👉पुराना कमरेड हरु संग भेटघाट तथा सरसफाइ गरी सम्पन्न

वडा न २ 👉पुराना कमरेड हरु संग भेटघाट तथा अन्तरक्रिया गरी सम्पन्न

वडा न ३ 👉पाङ्ग्राजिप टोल सरसफाई तथा भेटघाट गरी सम्पन्न

वडा न ४ 👉भेटघाट तथा हर्कपुर माध्यमिक विद्यालय परिसरमा सरसफाइ गरी सम्पन्न

वडा न ५ 👉भेटघाट तथा टोल सरसफाइ गरी सम्पन्न

वडा न ६  👉भेटघाट तथा सरसफाइ गरी सम्पन्न वडा न ७ 👉भेटघाट तथा चरौडी बजार सरसफाइ गरी सम्पन्न वडा न ८ 👉भेटघाट तथा सरसफाइ गरी सम्पन्न

वडा न ९ 👉भेटघाट तथा टोल सरसफाइ गरी सम्पन्न

वडा न १० 👉सहिद तथा वेपत्ता परिवार भेटघाट गरी सम्पन्न नेकपा माओवादी केन्द्र बेनिघाट रोराङ्ग गाउँ पार्टी कमिटी

images
प्रकाशित मिति :भाद्र १७, २०८० आइतवार - ०६:४९:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology