Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

कांग्रेस सहमहामन्त्री यादवको शल्यक्रिया सफल, गर्धनमा टाँका लगाइयो

कांग्रेस सहमहामन्त्री यादवको शल्यक्रिया सफल, गर्धनमा टाँका लगाइयो

images

इच्छाकामना न्युज

२१, भाद्र २०८०
कांग्रेस सहमहामन्त्री यादवको शल्यक्रिया सफल, गर्धनमा टाँका लगाइयो
images

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको शल्यक्रिया पश्चात् रक्तश्राव रोकिएको र स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।

राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेडेण्ट डा. बद्री रिजालले टाउकोको भागमा रहेको घाउलाई न्युरो सर्जरीका विज्ञ चिकित्सकले शल्यक्रिया गरेपछि रक्तश्राव रोकिएको र टाँका लगाइएको जानकारी दिए ।  डा. रिजालका अनुसार यादवको स्वास्थ्य अवस्थास्थिर रहेको छ ।

यादवलाई अहिले अब्जरभेसनका लागि ट्रमा सेन्टरको आईसियुमा चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको उनको भनाइ छ ।

सहमहामन्त्री यादवमाथि हिजो बुधबार काठमाडौंको भृकुटीमण्डपमा खुकुरी प्रहार भएको थियो । उनीमाथि सांघातिक आक्रमण गर्ने नुवाकोटाको विदुर नगरपालिका घर भएका श्याम बहादुर सापकोटालाई प्रहरीले पक्राउ गरेको छ ।

कार्यक्रम सकेर बाहिरिँदै गर्दा उनीमाथि आक्रमण भएको थियो ।

trama.jpg

 

images
प्रकाशित मिति :भाद्र २१, २०८० बिहिवार - ०८:०८:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology