गर्दास । इच्छाकामना गाउँपालिका वडा नं. ७ स्थित गर्दासमा सेभेन ए साइड खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । नेकपा एमालेको भातृसंस्था राष्ट्रिय युवा संघ,नेपाल इच्छाकामना गाउँकमिटीको आयोजनामा शनिबारदेखि प्रतियोगीता सुरु भएको हो ।
चितवन क्षेत्र नं. २ प्रदेश सभा क का सांसद कृष्णप्रसाद सिलवालले प्रमुख अतिथिको रुपमा समुद्घाटन गरिएको प्रतियोगिताको समुद्घाटन कार्यक्रममा विशिष्ट अतिथिको रुपमा इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, राष्ट्रिय युवा संघ चितवन जिल्ला कमिटीका उपाध्यक्ष सन्तोष श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

टिम सहभागी प्रतियोगिताको समुद्घाटन खेल दाहाखानी युवा क्लव र पिठुवा युवा क्लव बिच भएको थियो । उक्त खेलमा संजय थापा मगरको हेड गोलमा १–० गोल अन्तरले दाहाखानी युवा क्लवले विजयी सुरुवात गरेको छ ।
यस्तै दोस्रो खेल पिपलटार युवा क्लव विजयी भएको छ । गैडाकोटको एभरेष्ट क्लवलाई २ गोल हानेर पिपलटार युवा क्लवले पनि विजयी सुरुवात गरेको हो ।
प्रतियोगितामा २८ टिम सहभागी छन् ।
