Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

संविधान दिवसमा न्युयोर्कबाट प्रधानमन्त्रीको सन्देशः रुपान्तरणकारी अभियानमा छौँ

संविधान दिवसमा न्युयोर्कबाट प्रधानमन्त्रीको सन्देशः रुपान्तरणकारी अभियानमा छौँ

images

इच्छाकामना न्युज

३, आश्विन २०८०
संविधान दिवसमा न्युयोर्कबाट प्रधानमन्त्रीको सन्देशः रुपान्तरणकारी अभियानमा छौँ
images

काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आम जनताको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने गरी रुपान्तरणकारी अभियानमा सरकार लागेको उल्लेख गरेका छन् । 

बुधबार संविधान दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै दाहालले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना दिएका छन् । उनले सरकारले संविधान कार्यान्वयन मार्फत्सुशासन, समृद्धि र सामाजिक न्यायको मार्गलाई फराकिलो बनाउँदैसंघीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको वास्तविक राज्य व्यवस्थामा परिणत गर्ने अभियान थालेको सन्देशमा भनेका छन् । 

‘यतिबेला हामी संविधान कार्यान्वयनमार्फत् जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रूपान्तरणकारी अभियानमा छौं। सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको मार्गलाई फराकिलो बनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको वास्तविक राज्य व्यवस्थामा परिणत गर्ने अभियान थालेको छ। संविधान कार्यान्वयनमा आवश्यक पर्ने कानुन निर्माणदेखि भएका कानुनको परिपालनामार्फत् जनतामा राजनीतिक परिवर्तनको प्रत्याभूति गराउने, प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा सुशासन, समृद्धि र सामाजिक न्यायमा आधारित राष्ट्र निर्माणको महाअभियानको थालनी गर्नु सरकारको प्राथमिकता हो ।’ 

त्यस्तै दाहाललेसंविधानले नागरिक तथा राजनीतिक मात्र नभएर आर्थिक, सामाजिक, साँस्कृतिक हक अधिकारलाई पनि सुनिश्चित गरेको भन्दै लोकतन्त्रको अवयवहरूको जगमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय र समृद्धि प्राप्तिका सरकारले बाटो खोलेको दाबी गरेका छन् ।  

जारी सन्देशमा भनिएको छ, ‘संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्दै नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानूनी राज्य जस्ता लोकतन्त्रका अवयवहरूको जगमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय र समृद्धि प्राप्तिका लागि मार्गप्रशस्त गरेको छ। संविधानले नागरिक तथा राजनीतिक मात्र होइन आर्थिक, सामाजिक, साँस्कृतिक हक अधिकार पनि सुनिश्चित गरेको छ ।’

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  ०७:२९

images
प्रकाशित मिति :आश्विन ३, २०८० बुधवार - ०७:५८:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology