काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमण आज देखि शुरु भएको छ । संयुक्त राष्ट्र संघको ७८ औँ महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री राति नै न्युयोर्कबाट चीन भ्रमणमा निस्किएका हुन् ।
प्रधानमन्त्री प्रचण्ड चीनको हाङ्झाउमा हुने एसियाली खेलुकदको उद्घाटन समारोहमा सहभागी हुन र त्यसपछि द्विपक्षीय भेटवार्ता गर्नको लागि चीन गएका हुन् । न्युयोर्कबाट प्रधानमन्त्रीको सचिवालयसहित परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल र अरु परराष्ट्रमन्त्रालयका अधिकारी त्यसतर्फ गएका छन् । अरु टोली नेपालबाटै चीनतर्फ लागिसकेको छ ।