Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

झापा अर्जुनधारा नगरपालिकाका स्वास्थ्य प्रमुखलाई युवती सहित जंगलमा श्रीमतीले रंगेहात भेटेपछि...

झापा अर्जुनधारा नगरपालिकाका स्वास्थ्य प्रमुखलाई युवती सहित जंगलमा श्रीमतीले रंगेहात भेटेपछि...

इच्छाकामना न्युज

१२, आश्विन २०८०
झापा अर्जुनधारा नगरपालिकाका स्वास्थ्य प्रमुखलाई युवती सहित जंगलमा श्रीमतीले रंगेहात भेटेपछि...
images

झापा । अर्जुनधारा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत एक जना महिला कर्मचारीसँग जंगलमा ‘डेटिङ’ गएको बेला श्रीमतीले फेला पारेको घटना सार्वजनिक भएको छ । नगरमा कार्यरत सिनियर अहेव (अधिकृत) बस्नेतलाई नगरकै एक महिला कर्मचारीसँग बस्नेतकी श्रीमतीले जंगलमा भेटेपछि घटना सार्वजनिक भएको हो । 

images
images

बस्नेतकी श्रीमतीले ती महिला कर्मचारी लिएर हिँडेको थाह पाएसँगै पिछा गरेको र उनीहरुलाई जंगलमा भेटेपछि घटना सार्वजनिक भएको थियो । स्वास्थ्य शाखामा कार्यरत महिला कर्मचारीसंग बस्नेत कार्यालयको पोशाकमै देखिएको भिडियो सार्वजनिक भएको छ । भिडियोमा बस्नेतकी श्रीमतीले बस्नेतलाई गालीगलौज गर्दै लछारेको देख्न सकिन्छ ।

पछिल्लो समय झापासहित पूर्वमा कार्यरत सरकारी कर्मचारीको यस्ता अनैतिक गतिविधि बढेको पाइएको छ । यसअघि दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्मरुबल्लभ निरौला, माई जोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईको अनैतिक गतिविधिको घटना सार्वजनिक भएको थियो । योसँगै अर्जुनधारा नगर स्वास्थ्य शाखा प्रमुख बस्नेतको यस्तो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो ।

images
प्रकाशित मिति :आश्विन १२, २०८० शुक्रवार - ०९:०९:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology