Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

पर्यटनमन्त्री सुदन किराँतीको अगुवाइमा मनकामना मन्दिर क्षेत्रमा सरसफाई

पर्यटनमन्त्री सुदन किराँतीको अगुवाइमा मनकामना मन्दिर क्षेत्रमा सरसफाई

इच्छाकामना न्युज

२४, आश्विन २०८०
पर्यटनमन्त्री सुदन किराँतीको अगुवाइमा मनकामना मन्दिर क्षेत्रमा सरसफाई
images

मनकामना । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीको अगुवाइमा आज विहान गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर परिष्रको सरसफाई गरिएको छ । मनकामना मन्दिरको सरसफाईमा सहभागी हुन उहाँ मंगलबार साँझ गोरखा आइपुग्नुभएको थियो ।

images
images

मन्त्री किरातीको अगुवाइमा मनकामना मन्दिर र आसपासका क्षेत्रमा रहेका फोहोर संकलन गरी व्यवस्थापन गरिएको हो । मन्दिर सरसफाई कार्यक्रममा मन्त्री किराती सहित मनकामना क्षेत्रका स्थानीयबासीहरु, बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत उल्लेख्य सहभागीता रहेको नेकपा माओवादी केन्द्र गोरखा जिल्लाका संयोजक दीपक तिमल्सिनाले जानकारी दिनुभयो ।

मन्दिर सरसफाई कार्यक्रममा प्रतिनिधिसभाका सांसद उर्मिला माझी, सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगर, सहिद लखन गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारी लगायतको पनि सहभागिता रहेको थियो ।

मनकामनाको दर्शनले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास भएकाले यहाँ भक्तजनको वर्षभरी नै भिड लाग्ने गर्दछ । मन्दिरमा भाकल चढाउन मन्दिरमा हजारौं भक्तजनहरु पूजा गर्न, बली चढाउन, परेवा उडाउन वर्षेनी यहाँ पुग्ने गर्दछन् ।

गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर २ र ३ मा पर्ने मनकामना मन्दिर नेपालकै एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय तीर्थस्थलका रुपमा प्रख्यात रहेको पाइन्छ । यस मन्दिरमा दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वास रहेकै कारण परापूर्वकालदेखि मन्दिरको नाम नै मनकामना रहन गएको हो भन्ने जनविश्वास छ ।

मनकामना मन्दिरमा पर्यटकहरु समेत केबलकार चढेर यस पवित्र मन्दिरको दर्शन र त्यस क्षेत्रबाट दृष्यावलोकनका लागि मन्दिरमा पुग्ने गर्दछन् । समुद्री सतहदेखि १ हजार ३०३ मिटरको उचाईमा अवस्थित यो मन्दिरको परिसरबाट दक्षिणतर्फ महाभारत लेक र छिम्केश्वरी डाँडाका साथै उत्तरी भागमा अन्नपुर्ण हिमाल र मनास्लु हिमालका चुचुराहरु देख्न सकिन्छ ।

images
प्रकाशित मिति :आश्विन २४, २०८० बुधवार - २१:२४:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology