Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

कोशीका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने

कोशीका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने

इच्छाकामना न्युज

१, कार्तिक २०८०
कोशीका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने
images

काठमाडौं। कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने भएका छन् । सत्तारुढ गठबन्धनवाट बिद्रोह गरी नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री भएका कार्कीले आज बिश्वासको मत लिन लागेका हुन् ।

images
images

गठबन्धन भन्दा बाहिर रहेको एमालेको समर्थनमा संविधानको धारा १६८ को उपधारा (५) बमोजिम उनी मुख्यमन्त्री नियुक्त भएका थिए । उनै नवनियुक्त मुख्यमन्त्री कार्कीले आज संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिन लागेका हुन् । जसका लागि आज (बुधबार) ११ बजे बस्ने प्रदेश सभामा बैठक आब्हान गरिएको छ ।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको भए पनि कार्कीले भने नियुक्त भएको एक हप्ता नबित्दै मुख्यमन्त्री पदका लागि बिश्वासको मत लिन लागेका हुन् । कार्की असोज २७ गते मात्रै मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।

उनलाई एमाले, उनको पार्टी नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्रले पनि विश्वासको मत दिने जनाएका छन् ।

images
प्रकाशित मिति :कार्तिक १, २०८० बुधवार - ०७:५६:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology