Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

टिकटकलगायत सामाजिक सञ्जालमा गलत सामाग्री राखे कारबाही हुने

टिकटकलगायत सामाजिक सञ्जालमा गलत सामाग्री राखे कारबाही हुने

इच्छाकामना न्युज

२०, कार्तिक २०८०
टिकटकलगायत सामाजिक सञ्जालमा गलत सामाग्री राखे कारबाही हुने
images

काठमाडौं । गृह मन्त्रालयले टिकटकलगायत सामाजिक सञ्जालको मर्यादित रुपमा प्रयोग गर्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ । गृह मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गरी सामाजिक सञ्जालमा सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्ति र समाजमा नकारात्मक प्रभाव पार्नाका साथै व्यक्तिको चरित्र हत्या हुने, शान्तिसुरक्षाको अवस्थामा प्रभाव पार्ने, जातीय, भाषिक, धार्मिक सद्भाव खल्बल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने भएकाले त्यस्ता सामग्री सञ्जालमा नराख्न अनुरोध गरेको हो ।

images
images

मन्त्रालयले सामाजिक सञ्जालको दुरुपयोग रोक्न तथा दोषी उपर कानुनी कारबाही गर्न र गलत सामग्री सञ्जालबाट स्वतः हट्ने व्यवस्था मिलाउन सिङ्गापुरस्थित टिकटक कार्यालय र नेपाल प्रहरीको साइबर ब्यूरोलगायत सरकारी निकायहरुबीच सहकार्य बढाउने उद्देश्यले गत शुक्रबार गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुरक्षा निकाय, सरकारी निकाय एवम् टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिबीच भएको छलफल भएको जनाउँदै सामाजिक सद्भाव बिगार्ने, विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरुको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील गतिविधि तथा सामग्री हटाउने र त्यस्ता सामग्री सञ्जालमा राख्ने व्यक्ति पत्ता लगाई कानुनी दायरामा ल्याउन सहज हुने भएकाले कानुनी कारबाही गर्ने जनाएको छ ।

मन्त्रालयले जिम्मेवार नागरिकका रुपमा कानुनसम्मत् शिक्षामूलक र सामाजिक सद्भाव नबिगार्ने सामग्री मात्र सामाजिक सञ्जालमा राख्न अनुरोध गर्दै गैरकानुनी काम गरेमा कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।

 

 

 

images
प्रकाशित मिति :कार्तिक २०, २०८० सोमवार - ०८:४५:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology