Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

चिसोले कठ्याङ्ग्रिएर जाजरकोटमा २ भूकम्प पीडितको मृत्यु

चिसोले कठ्याङ्ग्रिएर जाजरकोटमा २ भूकम्प पीडितको मृत्यु

इच्छाकामना न्युज

२५, कार्तिक २०८०
चिसोले कठ्याङ्ग्रिएर जाजरकोटमा २ भूकम्प पीडितको मृत्यु

जाजरकोट । समयमै उचित व्यवस्थापन हुन नसक्दा अत्यधिक चिसोका कारण भूकम्पपीडित मारमा पर्न परेका छन् ।

images

भूकम्पबाट जोगिएका २ जनाले चिसोका कारण ज्यान गुमाएका छन् । शुक्रबार नलगाड नगरपालिका–४ लहँस्थित च्युरीदाराका ८४ वर्षीय गोपालबहादुर रावल र बिहीबार राति सोही वडाकी ४८ वर्षीया पम्फा रावलको मृत्यु भएको हो ।

गोपालबहादुर दमका बिरामी थिए भने पम्फाको निमोनियाका कारण मृत्यु भएको वडाध्यक्ष बद्री पन्तले बताए ।

‘लहँ यसै पनि असोजबाटै तुसारो पर्ने चिसो बस्ती हो,’ उनले भने, ‘त्यसमा पनि एकसरो लुगाको भरमा त्रिपालमा रात काट्नु पर्दा वयोवृद्ध गोपालबहादुरको ज्यान गएको हो ।’

उनका अनुसार लहँ गाउँ समुद्र सतहदेखि झन्डै १५ सय मिटर उचाइमा पर्छ । मृतकका आफन्तसमेत रहेका स्थानीय अगुवा प्रेमबहादुर रावलका अनुसार दमका दीर्घरोगी गोपालबहादुरका चार छोरा नै मजदुरीका लागि भारत छन् । जेठा महेन्द्रको भने ६ वर्षदेखि अत्तोपत्तो छैन । एक्लै बस्दै आएका गोपालबहादुर भूकम्पले घर चर्किएपछि त्रिपालको ओत लागेर बस्दै आएका थिए । 

चिसोका कारण निमोनिया भएकी पम्फाको दल्लीस्थित नगर अस्पतालमा मृत्यु भएको हो । वडाध्यक्ष पन्तका अनुसार रावलको परिवारलाई वडा कार्यालयमार्फत मंगलबार र बुधबार त्रिपाल दिइएको थियो ।  

images
प्रकाशित मिति :कार्तिक २५, २०८० शनिवार - ०८:२१:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology