आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले एकवर्ष अघि औपचारिक रुपमा सेवा सूचारु गरि संचालनमा ल्याएको आँबुखैरेनी अस्पतालको आज उद्घाटन हुने भएको छ । अस्पतालको नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’को बाहुलीबाट औपचारिक उद्घाटन हुनेछ ।
गत वर्षको मंसिर १ गते १५ शय्याबाट सेवा सूचारु गरेको अस्पतालको ठ्याक्कै १ वर्ष पूरा गरेको दिन आज प्रधानमन्त्री प्रचण्डको बाहुलीबाट उद्घाटन गर्न लागिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ११ः०० बजे अस्पतालको उद्घाटन हुनेछ ।