Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

सर्वोच्चले भन्यो- ‘टिकटक प्रतिबन्धले रिट निवेदकलाई क्षति पुगेको देखिएन’

सर्वोच्चले भन्यो- ‘टिकटक प्रतिबन्धले रिट निवेदकलाई क्षति पुगेको देखिएन’

इच्छाकामना न्युज

८, मंसिर २०८०
सर्वोच्चले भन्यो- ‘टिकटक प्रतिबन्धले रिट निवेदकलाई क्षति पुगेको देखिएन’
images

काठमाडौं । सर्वोच्च अदालतले टिकटकमाथि सरकारले लगाएको प्रतिबन्धले रिट निवेदकलाई अपूरणीय क्षति पुगेको बलियो आधार पेश हुन नसकेको टिप्पणी गरेको छ ।

images
images

टिकटकमाथि रोक लगाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले मंगलबार अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो र सरकारसँग लिखित जवाफ मागेको थियो ।

बिहीबार उक्त आदेशको लिखित रूप सार्वजनिक गर्दै सर्वोच्च अदालतले रिट निवेदकहरूले प्रतिबन्धले नागरिकलाई अपूरणीय क्षति पुग्न जाने वस्तुपरक आधार पेश गर्न नसकेकाले अन्तरिम आदेश जारी गर्न नमिलेको उल्लेख गरेको हो ।

आदेशमा भनिएको छ, ‘टिकटकको वैधानिकता, नेपाल कानुनको दायरा, परिपालना नियमन एवं व्यवस्थापन समेतका सम्बन्धमा लिखित जवाफ पेश भएपछि अन्तिम सुनुवाइका बखत टुङ्गो लाग्नु उपयुक्त देखिएको साथै निवेदकहरूलाई अपूरणीय क्षति पुग्न जाने वस्तुगत एवं तथ्यपरक आधार समेत नदेखिएको अन्तरिम आदेश जारी गर्न मिलेन ।’

न्यायाधीश विनोद शर्माको इजलासले टिकटक प्रतिवन्ध लगाउनेबारे सरकारले गरेको निर्णय, सरकारले जारी गरेको निर्देशिका मगाउने आदेश गरेको थियो । सर्वोच्चले यो मुद्दामा १९ असारदेखि निवेदनमाथि पूर्ण सुनुवाइ गर्न आदेश दिएको छ ।

images
प्रकाशित मिति :मंसिर ८, २०८० शुक्रवार - ०८:३०:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology