Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

नेपाल सुपर लिगमा आज दुई खेल हुँदै

नेपाल सुपर लिगमा आज दुई खेल हुँदै

इच्छाकामना न्युज

९, मंसिर २०८०
नेपाल सुपर लिगमा आज दुई खेल हुँदै
images

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ को दोस्रो दिन आज दुई खेल हुँदैछन् । जसमा पोखरा थण्डर्स र एफसी चितवनबीच पहिलो खेल हुनेछ । यो खेल दिउँसो १ बजे दशरथ रंगशालमा सुरु हुनेछ ।

images
images

पोखराको मार्कीमा युवा विगंर आयुष घलान छन् भने प्रशिक्षकमा नवीन न्यौपाने छन् । यो टिममा युवा खेलाडीहरुका साथै नेपालमा घरेलु फुटबल खेलिसकेका विदेशी खेलाडीहरु छन् ।

राष्ट्रिय टिमका खेलिसकेका र अष्ट्रलिया गएका डिफेण्डर दिनेश राजवंशी आइकोनिक प्लेअरको रुपमा फर्केका छन् । उनी पहिलो सिजन धनगढी एफसीबाट खेल्दै एनएसएलको उत्कृष्ट डिफेण्डर घोषित भएका थिए । पोखरामा विदेशी खेलाडीमा क्यामरुनमा गोलकिपर प्रिसोज र फ्रांकलिन कुएटे टाला तथा घानाका जोए आइडु, मोसेस त्वाम र स्टेफेन कोजो अनोर छन् ।

उता राष्ट्रिय टिमबाट खेलिसकेका गोलकिपर विशाल श्रेष्ठ चितवनको मार्की प्लेअर छन् । यस टिममा पनि नयाँ र पुराना खेलाडीहरु छन् । अष्ट्रेलिया गएका विमल घर्ती मगर आइकोनिक प्लेअरका रुपमा फर्किएका छन् । यस्तै घरेलु फुटबल खेलिसकेका विदेशी खेलाडी पनि छन् । चितवनको विदेशी खेलाडीमा घानाका युसिफ मुबारिक, टोरिक जेब्रिन, रफिक अमिनु र अफ्रियीए अक्वाह छन् । यस्तै मोन्टेनेग्रोका डिफेण्डर मार्को इभानोभिच छन् ।

पहिलो सिजन पोखराले चितवनलाई २-१ ले पराजित गरेको थियो । त्यसमा पोखराका लागि पहिलो गोल गरेका फरवार्ड नवयुग श्रेष्ठ यस सिजन चितवनमा अनुबन्ध भएका छन् ।

यस्तै दोस्रो खेल साँझ साढे ५ बजे ललतिपुर सिटी एफसी र एफसी बुटलव लुम्बिनी हुनेछ ।

ललितपुरको मार्कीमा राष्ट्रिय टिमका डिफेण्डर अनन्त तामाङ छन् । यस्तै पहिलो सिजन ललितपुरबाटै खेलेका एरिक विषट यस पटक बुटवल लुम्बिनीको मार्की प्लेअरमा छन् ।

ललितपुरमा राष्ट्रिय टिमका सनिश श्रेष्ठ, सेसेहाङ आङदम्बे र दिनेश हेन्जन पनि छन् । यस्तै  फ्रान्सबाट दुई खेलाडी गोलकिपर जेफ्री बाल्टुस र र फरवार्ड अनुबन्ध गरेको छ । यस्तै नाइजेरियाका इमोह इजेकिएल र ओमालाजा करिम तथा प्यालेस्टाइद्दका जोनाथन भिभिएना छन् ।

बुटवलको टिममा पनि अष्ट्रेलिया गएका फरवार्ड आशिष लामा आइकोनिक प्लेहरको रुपमा फर्केका छन् । यस्तै हाल राष्ट्रिय टिममा रहेका जिलेस्पी जंक कार्की, राष्ट्रिय टिमबाट खेलिसकेका मणि कुमार लामा र प्रकाश बुढाथोकी पनि यस टिममा छन् ।

पहिलो सिजन काठमाडौंबाट खेलेका क्यामरुनका स्टेफन विनोङ यसपटक बुटलवको टिममा अनुबन्ध भएका छन् । यसबाहेक नेपालमा खेलिसकेका एर्नेस्ट थम्पी, आन्द्रे थिएरी बियिक र सर्ज सोङ विदेशी खेलाडीको रुपमा छन् ।

पहिलो सिजन यी दुई टोलीबीच दुई खेल भएको थियो । जसमा नुर्लान नोभ्रुजोभको गोलमा ललितपुरले बुटवललाई लिग चरणमा १-० ले पराजित गरेको थियो । यस्तै इलिमिनेटरमा पनि यी दुई टोलीबीच खेल हुँदा ललितपुर १-० ले विजयी रह्यो र त्यसमा अन्जन विष्टले गोल गरेका थिए ।

images
प्रकाशित मिति :मंसिर ९, २०८० शनिवार - ०९:४०:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology