Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

साउदी अरबमा १५ जना नेपाली अलपत्र

साउदी अरबमा १५ जना नेपाली अलपत्र

इच्छाकामना न्युज

११, मंसिर २०८०
साउदी अरबमा १५ जना नेपाली अलपत्र

काठमाडौं । रोजगारीका लागि साउदी अरब पुगेका नेपाली श्रमिकले सम्झौताअनुसार काम र तलब नपाएको गुनासो गरेका छन् । करिब चार महिनाअघि त्यहाँ पुगेका २५ नेपालीमध्ये १५ जनाले भनेअनुसारको काम र तलब नपाएको भन्दै आफूहरूलाई उद्धार गरी नेपाल फर्काउन अनुरोध गरेका छन् ।

images

राम्रो रोजगारको प्रलोभन देखाएर नेपालबाट त्यहाँ पुर्याइएका उनीहरू सम्झौताअनुसारको काम नपाएपछि उद्धारका लागि हारगुहार गरिरहेका छन् । पशुपति एचआर सोलुसन प्रालिमार्फत् साउदीको सुमित डाइरेक्सन फर इन्डस्ट्रिज कम्पनीमा पुगेको तर, त्यहाँ त्यो कम्पनी नै नभेटिएपछि आफूहरूलाई अर्कै कम्पनीमा सप्लाइका रूपमा काममा लगाएको भए पनि समयमा तलब नपाएको उनीहरूको गुनासो छ ।

त्यहाँ कार्यरत हरि गिरीका अनुसार अझै पनि सो कम्पनीले नेपालबाट कामदार लगिरहेका छन् र केहीलाई राम्रो काम दिएका पनि छन् । ‘तर, हामीलाई भने बेवास्ताा गरिएको छ, घर जान्छु भन्दा कम्पनीले १० हजार साउदी रियाल तिरे मात्र फर्कन दिने भन्ने गरेको छ,’ उनले भने ।

‘हामी यहाँ आएको करिब चार महिना भयो, दुई महिनाको तलब पाउनै बाँकी छ, हामी १०–१५ जना जति छौं यो फ्याक्ट्रीमा काम गर्ने,’ उनले राजधानीसँग भने, ‘हामीले आफ्नै पैसाले टिकट काटेर भए पनि नेपाल फर्किने भनेका छौं, तर कम्पनीले १० हजार रियाल माग्छ, त्यत्रो पैसा कहाँबाट ल्याएर दिनु रु रियादस्थित नेपाली दूतावासमा पनि पटकपटक सम्पर्क गरियो, समस्याको सुनवाइ भएन, अब हामीले के गर्ने रु उद्धारमा आवश्यक सहयोग गरिदिनु प¥यो, कुनै राम्रो रोजगारदाता कम्पनी भेटिए पनि जाने थियौं ।’

पीडितले मेनपावरलाई आफूहरूलाई सम्झौताअनुसारको काम र तलब दिलाउन नसक्ने भए नेपाल फर्काउन आग्रह गर्दा कुनै वास्ता नगरेको बताएका छन् । आफूहरू एक महिनादेखि कामविहीन भएर बस्दा पनि मेनपावरले कुनै सुनवाइ नगरेको उनीहरूले बताएका छन् । मेनपावरले बेवास्ता गरेपछि उनीहरूका आफन्तमार्फत् वैदेशिक रोजगार विभागमा उद्धारका लागि निवेदन दिएको तर सुनवाइ नभएको उनीहरूले बताए ।

images
प्रकाशित मिति :मंसिर ११, २०८० सोमवार - ०८:४०:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology